शंखरापुरमा खाद्यान्न संकट उत्पन्न हुन नदिन नगर प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोली द्वारा ब्यापरीहरु संग छलफल

शंखरापुरमा खाद्यान्न संकट उत्पन्न हुन नदिन नगर प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोली द्वारा ब्यापरीहरु संग छलफल

कपन अनलाइन

काठमाडौं चैत्र १८। (कोभिड- १९ ) कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको  लक डाउन  समय अवधि बढ्दै गए पनि शंखरापुरमा खाद्यान्न संकट आउन नदिने र  कोहि भोकै बस्न पर्ने अवस्था आउन नदिने शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले  बताएका छन् ।  सोमबार लक डाउनका कारण आउँ  सक्ने समस्या बारे साँखुका ब्यापारीहरू सँग शंखरापुर नगरपालिकामा भएकको  छलफलमा उनले सो प्रतिबद्वता ब्यक्त गरेका हुन् । छलफलमा मेयर श्रेष्ठले हाल ब्यसायीहरू सँग के कस्तो  स्टक छ र आपूर्ति सहज गराउन  नगरपालिकाले के कस्तो सहयोग  गर्नुपर्ने हो भन्ने बारेमा ब्यवसायीहरू सँग छलफल गरेका थिए ।

 उनले त्यसै गरि सामान ढुवानी गर्नको  लागि र बिक्रि बितरण सहज बनाउन नगरपालिकाको  तर्फबाट कस्तो  किसिमको  सहयोग गर्नु पर्ने हो,  त्यसको  लागि नगरपालिका तयार रहेको बताए  ।छलफलमा शंखरापुर उद्योग ब्यवसायी समुहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अहिले ब्यवसायीहरू सँग स्टक बाँकि रहे पनि  शंखरापुर र शंखरापुर बाहिरका समेत आफ्नो ग्राहक रहेको  लक डाउन सहज भएपछि उक्त स्टक अपुग हुने धारणा ब्यक्त गर्दै । पसल खोल्दा पनि सुरक्षा ब्यवस्था मिलार्इ दिनु पर्ने र निश्चित समयमा मात्र पसल  खोल्न दिनु पर्ने माग  गरेका थिए त्यसै गरि हाल शंखरापुरमा ग्यासको  समस्या देखिए पनि २ महिनाको  लागि पुग्ने स्टक नगरबासीले राखि सकेको  र आफुहरु  सँग अहिले कुनै स्टक नभएको  ग्यास ब्यवसायी दान बहादुर श्रेष्ठले  बताए ।

ग्यास अभावलार्इ ग्यास बिक्रेताहरू बीचको  समन्वयबाट समाधान गर्न सकिने यसको  लागि एक आपसमा ग्यास खरिद कर्ताको  नाम एक आपसमा सेयर गरे कसले कति लगेको  थाहा हुने र एकै ब्यक्तीलाइ धेरै वटा दिन नहुने बताउदै ग्यास ढुवानी गर्न नगरपालिकाले सहजी करण गर्न सुन्टोलका ग्यास बिक्रेता जय राम श्रेष्ठले आग्रह गरेका थिए ।

वडा ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र ६ का वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठ लगाएतको  टिमले अनुगमन गर्दा  करिब ३५ सय बोरा चामल १ सय २५ बोरा चिनी १ सय २० बाकस तेल १ सय बोरा  दाल  स्टक रहेको  कुरा वडा ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराए ।शंखरापुरका उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले शंखरापुरका अधिकांस जनताहरू कृषिमा निर्भर रहेकोले खाद्यान्न संकट नआउने बताउदै यस्तो  संकटको  घडिमा सबैले मिलेर अगाडि बढ्नु पर्नेमा जोड गरेकी थिइन्  ।

फोटो : शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।