अनुमति बिना राहत वितरण नगर्न बुढानिलकण्ठ -११ को सुचना

अनुमति बिना राहत वितरण नगर्न बुढानिलकण्ठ -११ को सुचना

कपन अनलाइन

काठमाडौं ,चैत १८

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कार्यलयले सार्वजनिक सूचना जारि गरेर राहत वितरणका लागि वडाको अनुमति चाहीने जानकारी दिएको छ ।

उक्त सुचनामा कोभिड- १९ को महामारीबाट बच्न गरिएको लकडाउनको कारणबाट उत्पन्न परिस्थितिमा अनुमति बिना राहत वितरण नगर्न आग्रह गरेको छ ।

वडा भित्रको कुनै पनि व्यक्ति, संघ -संस्था र मिडिया आदिले वडा कार्यलयको अनुमति बिना राहत सामग्री वितरण नगर्नुहुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

राहत वितरण गर्नुहुने महानुभावहरुले वडा र प्रहरी प्रसाशनसंग समनोयन गरेर मात्र राहत बितरण गर्न समेत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।