टोखा नगरपालिकामा विपद व्यवस्थापन समितिको विशेष निर्णय ,राहतको मापदण्ड बनाउने

टोखा नगरपालिकामा विपद व्यवस्थापन समितिको विशेष निर्णय ,राहतको मापदण्ड बनाउने

कपन अनलाइन

काठमाडौं ,चैत १८।

टोखा नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल , प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल सहीत नगर कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

उक्त बैठकले नगरपालिका बाट वितरण हुने राहतको मापदण्ड निर्माण र वितरणको व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिको सदस्यमा जोगप्रसाद नेपाल ,दिपकराज जोशी ,कल्पना घिमरे र बच्चुराम बस्याल रहेका छन भने सदस्य सचिवमा प्रदिप पौडेल रहेका छन।

त्यस्तै उक्त बैठकले नगरपालिका भित्र रहेका खाध्यान र तरकारी पसल बिहान ५ बजे देखि ८ बजे सम्म खोल्ने निर्णय गरेको छ भने फोहोर मैला व्यवस्थापनका लागि विभिन्न संघ संस्था परिचालन गर्ने जानकारी दिएको छ।

समितिको निर्णय :

 

 

तपाइँको प्रतिक्रिया ।