कोरोना आशंका गरिएकी चन्द्रागिरी नगरपालिका १५ निवासी युवतीको वीर अस्पतालमा मृत्यु
कपन अनलाइन
काठमाडौं चैत्र १७ वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक जना युवतीको मृत्यु भएको छ । ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउदा ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो। मृत्यु को खबर सुन्ने बित्तिकै चन्द्रागिरी नगरपालिका वडा नं १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले उनको परिवारलाइ आइसोलेसनमा राख्न पर्ने भन्दै परिवारलाई सम्पर्कमा ल्याउन पहल गरिएको जानकारी गराएका छन् ।
फोटो : सी न्युज
तपाइँको प्रतिक्रिया ।