बेखर्ची भएर अलपत्र १० मजदुरलाई काठमाडौं महानगरपालिका ६ को सहयोग

बेखर्ची भएर अलपत्र १० मजदुरलाई काठमाडौं महानगरपालिका ६ को सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत १७।

बागमती नदी किनारमा बेखर्ची भएर बसेका १० जना मजदुरहरुलाई काठमाडौं महानगरपालिका वडा नं ६ ले सहयोग गरेको छ।

असहाय बाछाबाछीको संरक्षणमा विगत ३८५ दिन देखि सक्रिय अभियन्ताहरुले ति मजदुरहरुकोअवस्था बुझेपछि उनीहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्नुपूर्व काठमाडौं महानगरपालिका वडा नं. ६ संग सम्पर्क गरेका थिए।

सो खबर पाउने बित्तिकै वडा अध्यक्ष दिपेन्द्र लामा र वडा सदस्य जयराम पुडासैनीले  खाध्य सामाग्री बितरण गगरेका थिए।त्यसबखत वडाका तर्फबाट चामल लगायतका खाद्यान्न समेत पाउने आस्वासन पाउदा मजदुरहरुले दैनिक ज्याला गर्ने आफुलाई सहयोग दिएर निकै ठुलो राहत प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।