कागेश्वरी मनोहरा नगरपालिका नगरबासीको स्वास्थ्य प्रति निकै संवेदनशील र जिम्मेवार रहेको छ :उप प्रमुख बिन्दु पुडासैनी सिंखडा

कागेश्वरी मनोहरा नगरपालिका नगरबासीको स्वास्थ्य प्रति निकै संवेदनशील र जिम्मेवार रहेको छ :उप प्रमुख बिन्दु पुडासैनी सिंखडा

कपन अनलाइन

काठमाडौं चैत्र १६। कागेश्वरी मनोहरा नगरपालिकाकि उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले कागेश्वरी मनोहरा नगरपालिका   नगरबासीको   स्वास्थ्यमाथी निकै संवेदनशील र जिम्मेवार  रहेको बताएकी छिन्। कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएकी हुन्।  कागेश्वरी मनोहरा नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै  उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेकी  छिन । उनले सामाजिक दुरी कायम गर्न , सरकारको लकडाउनको पुर्ण पालना गर्न पनि नगर बासीलाई  अपिल गरेकी छिन ।उनले  सामजिक दुरी कायम गरौ, खानपिनमा सुधार गरौ, भिडभाड नगरौ, मास्कको सहि प्रयोग गरौ भन्दै उनले सबैलाई सर्तकताका लागि अपिल  गरेकी हुन्   ।

 कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना संक्रमण र यस बाट बच्नका लागि गरिएको अभियानमा कुनै आपत बिपद परेको खण्डमा उपयोगका लागि २५ लाख रुपैयाको कोष स्थापना  गरेको   उक्त रकम बाट नगरपालिकाले  वडाको जनघनत्व अनुसार विभाजन गरेर नगरवासीलाई खाद्यान्न तथा अन्य सहयोग उपलव्ध गराउने  पनि बताइन उनले सो कोषमा अहिले बिभिन्न सहयोगी दाताहरुले रकम पठाउन सुरु पनि गरेको बताउदै नगरपालिकाले स्थापना गरेको सो  कोषमा नगरवासी वा  अन्य इच्छुक महानुभावले सहयोग गर्न सक्ने  पनि बताइन ।उनले  नगर क्षेत्र भित्र दैनिक ज्यालादारी, मजदुरी गरी गुजारा चलाउने र अति विपन्न नगरवासीहरुको दैनिकीलाई मध्यनजर गर्दै नगरपालिकाले उनीहरुलाई केहि हदसम्मका अत्यावश्यक राहत दिनको लागि पहल गरेको पनि बताइन।

 नगरपालिकाले विदेश बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएकी छिन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै  उनले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेकी छिन् ।कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाले तयारी तीव्र बनाएको जानकारी गराउदै विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी गराइन ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पताल  जुन २५ बेडको अस्पताल खोल्न तयारी भैरहेको अस्पतालमा २ वटा रूममा आइसोलेसन रुम सहित संचालनमा ल्याएको र त्यहा २४ सै घण्टा स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गर्ने गरिएको जानकारी गराइन  ।उनले विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा प्रतिकार्यको लागी  नगरपालिकाका नगरवासीहरुको स्वास्थ्यको मध्यनजर गर्दै आपतकालिन स्थितिमा  नगरको एम्बुलेन्स  तयारी अवस्थामा राखेको  जानकारी गराइन ।उनले कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न वडामा   दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको अनुगमन गरिनुको  साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराइन ।

कागेश्वरी मनोहरा नगरपालिकाले बिभिन्न वडामा मास्क वितरण गरिएको जानकारी गराउदै  नगरवासीलाई धन्यवाद सहित   उप प्रमुख बिन्दु पुडासैनीले  सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताइन  ।त्यस्तै यस विचमा नगरपालिकाका पसल वा अन्य सेवा उपलव्ध गराउने संस्थाले कुनै कालोबजारी वा अवान्छित गतिविधि गरेको खण्डमा नगर प्रमुख ९८५१०२७१२१, उपप्रमुख ९८४३०१५७९९, नगर प्रवक्ता ९८५१०९४९२२ र नगरप्रहरी ९८४९४२०३४० र ९८६००३४८१० नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन् ।उनले प्रहरी संग समन्वय गरि नगरपालिकाको गाडी, र आफुले प्रयोग गर्ने गरेको गाडी समेत  आपतकालीन अवस्थामा प्रयोग गर्नको लागि दिएको  सो गाडी अहिले २४ सै  घण्टा   प्रयोगमा आइरहेको  जानकारी गराउदै नगरपालिकाले एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको जानकारी गराइन  ।उनले कोसंक्रमण को जोखिम न्यूनीकरणको लागि कागेश्वोरी मनोहरा मानिसको अत्यधिक भीडभाड हुने  नगर क्षेत्र भित्रका विभिन्न स्थानमा  नगरको सिमित स्रोत र साधनलाइ परिचालन गर्दै ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधी समेत छर्किएको र त्यो क्रम जारि रहने पनि बताइन ।

तपाइँको प्रतिक्रिया ।