बुढानिलकण्ठ -६ मा स्वयंसेवक परिचालन समिती गठन

बुढानिलकण्ठ -६ मा स्वयंसेवक परिचालन समिती गठन

कपन अनलाइन

काठमाडौं ,चैत १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा   वडामा सकृय रहेका राजनितिक दलका प्रतिनिधी  ,प्रहरी प्रभाग हात्तिगौडाका सुरक्षाकर्मी वडाका समाजसेवी बुद्दिजिवीहरुको उगी भेलाले  स्वयंसेवक परिचालन समिती गठन गरेको छ।
स्वयंसेवक परिचालन समिती गठन संगै भेलाले गरेका निर्णय हरु  निम्नानुसार छन :

१.वडामा कृयाशिल राजनितिक दलहरुका प्रतिनिधी ज्युहरु ।
२. टोल सुधार र बिकास समिति/महिला सन्जाल र समिति  हरुको अध्यक्ष तथा समितिका पदाधिकारी हरु।
३.वडामा कृयासिल सामाजिक संघ सस्थाहरु जस्तै क्लब / सामुदायिक अध्ययन केन्द्र ।
४.वडाको बिपद ब्यवस्थापन समिती ।
५. प्रत्येक टोल बाट कम्तिमा २ जना र आवस्यक्ता अनुसारको स्वयम सेवक समाज सेविहरु ।
६. स्थानिय प्रहरी प्रभाग को कार्यालय
७. स्थानिय स्वास्थ चौकी ।
त्यस्तै सो भेलाले समितिले निम्न  कार्यहरु गर्ने जनाएको छ  :
१. नेपाल सरकारले निर्देश गरे अनुरुप पुर्ण रुपमा लकडाउन को कार्य पालना गर्ने र गर्न लगाउने कार्य गर्ने र समन्वय गर्ने।
२. जो कोहि भोकै बस्नु पर्ने बाध्ययता छ भने विवरण संकलन गरि समन्वय गर्ने ।
३. खाद्य तथाऔषधी जन्य बस्तुहरुको बितरण गर्नु पर्ने भएमा आवास्यक सहयोग र समन्वय गर्ने गराउने ।
४ आफ्नो टोलमा छिमेकमा बिभिन्न मुलुक बाट हालसालै कोहि आउनु भएको छ भने वडा का स्थानिय जनप्रतिनिधिहरुलाई खबर गर्ने।

तपाइँको प्रतिक्रिया ।