टोखा नगरपालिका वडा नं ५मा कोरोना संक्रमण रोकथाम समन्वय समितिको बैठक सम्पन्न

टोखा नगरपालिका वडा नं ५मा कोरोना संक्रमण रोकथाम समन्वय समितिको बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र १५। टोखा नगरपालिका वडा नं ५ को विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९)को जोखिम न्यूनीकरणको लागि बनेको कोरोना संक्रमण रोकथाम  समन्वय समिति आज बठेको बैठक सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जगन्नाथ ढकालको अध्यक्षतामा बसेको उक्त बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।उक्त निर्णयहरु यस प्रकार रहेको छ ।

१) दैनिक ज्यालादारि गरि खाने मजदुर , विपन्न दीन दुखि असाहाय परिवार लाई राहतको ब्यावस्था गर्न संबन्धित टोल विकास संस्था मार्फत कस्को घरमा बसेको हो मुख्य ब्यक्ति सहित परिवारको नाम संकलन गर्ने ।
२) काला बजारी रोक्न गोप्य रुपमा र खुल्ला रुपमा बजार अनुगमन गर्ने र काला बजार गर्ने लाई कडा  कारवाहीगर्ने ।
३) केही दिनका लागि अाफ्नो घरको फोहर अाफ्नै घर कम्पाण्ड भित्रै ब्याबस्थापन गर्ने र फोहर संकलक मजदुरहरु को शुरक्षाको ब्यावस्था मिलाई यथासक्य छिटो फोहर उठाउन संबन्धित संस्था लाई अनुरोध गर्ने।

४) खाध्य वस्तु तथा एल पि ग्यास अापूर्तिका लागि , साल्ट ट्रेडिङ , नेशनल ट्रेडिङ्ग खाध्य संस्थान लगायत संग समन्वय गर्ने ।
५) वडाका टोल वस्तिमा कीटनासक औषधि छर्ने ।


नोट- कहि कसैले कृतिम  अभाव सिर्जना गरे काला वजारिया गरे उजुरि गर्न फोन ९८५१२९३३४४ मा फोन गर्ने साथै जन प्रतिनिधिहरुका निम्न नं मा खवर गर्ने ।

१) जगन्नाथ ढकाल वडा अध्यक्ष  9841910101
२) कल्पना घिमिरे वडा तथा कार्यपालिका सदस्य  9841441845
३) चिरन्जीवी के सि वडा सदस्य  9841914973
४) रत्नमान श्रेष्ठ वडा सदस्य  9841320402
५) आशा  परियार वडा सदस्य  980802480०

तपाइँको प्रतिक्रिया ।