पाँचपोखरी थाङ्पाल गाउँपालिकाको तिपेनिमा क्वारेन्टाइन स्थल
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत १५।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न २० बेडको कोरेन्टाईन तयार गरेको छ।
गाउँपालिकाको तिपेनीमा स्थापना भएको सो क्वारेन्टाइन स्थल संगै अन्य स्थानमा पनि अन्य आवस्यक तयारीहरु गरेको गाउँ पालिकाले जानकारी दिएको छ।
गाउँपालिका भन्दा बाहिराबाट जो कोहि आउनेहरुलाई भाइरस प्रतिरोधी पोसाक सहितको स्वास्थ्यकर्मिहरुले चेकजाँच गरेर मात्र प्रबेश गर्न दिने नियम बनाएको र तिपेनिमा हेल्थ डेस्क सन्चालनमा ल्याईसकेको गाउँपालिकाले जानकारी दिएको छ।
त्यस्तै आपतकालीन अवस्थाका लागि सहयोग गर्न गाउँपालिकाले सम्पर्क नम्बर सार्वजनिक गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया ।