गोकर्णेश्वर नगरपालिका -२ ले लकडाउन अवधिभर वडाबासीमा स्वास्थ्य समस्या आए निशुल्क सवारी साधन उपलब्ध गराउने

गोकर्णेश्वर नगरपालिका -२ ले लकडाउन अवधिभर वडाबासीमा स्वास्थ्य समस्या आए निशुल्क सवारी साधन उपलब्ध गराउने

कपन अनलाइन

काठमाडौं चैत्र १४। गोकर्णेश्वर नगरपालिका वडा नं २ ले निशुल्क सवारी साधन उपलब्ध गराउने भएको छ।  बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट सृजित परिस्थितिमा नेपाल सरकारले देश भरि लक डाउन गरेकोले सो अवधिभर गोकर्णेश्वर नगरपालिका वडा नं २ भित्र रहेका वडा बासीहरुमा कुनै पनि स्वास्थ्य सम्बन्धि समस्या भइ बिरामी भएमा अस्पताल सम्म पुर्याउनको लागि वडा कार्यालयले निशुल्क सवारी साधनको व्यवस्था गरेको वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले जानकारी गराएका छन् ।

उनले बा ९ च ५६४० नं को सवारी साधनको व्यवस्था गरिएको जानकारी दिदै सवारी धनि लाक्पा शेर्पा ९८०३८६५८२१, ९८४१५५२०४४ मा सम्पर्क गर्न सकिने बताए। उनले थप जानकारीको लागि वडा अध्यक्ष आफु स्वयम्  कृष्ण बहादुर पण्डित क्षेत्री ९८५१०३१६६३ वा वडा सदस्य कृष्ण हरि श्रेष्ठ ९८४१३१४७८५ मा  सम्पर्क गर्न सकिने जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।