कोरोना भाइरस विरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड

कोरोना भाइरस विरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड

कपन अनलाइन
काठमाडौं, चैत १३।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले यो संकट विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
भीजी फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममाप्रयोग हुने पर्सनल प्रोटेक्सनइक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्रीआपुर्ति गरेर नेपालकाविभिन्न स्वास्थ्य केन्द्रहरुमाउपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।
‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरु प्रति विशालग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहतदिनेछ ।’
कोरोनाभाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्तिबाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकलमास्कहर वितरण गरेको थियो ।
फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामनागरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशालग्रुप सम्मान गर्न चाहन्छ । हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहतदिनेछ ।
साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरुको हामी समर्थन गर्छौं ।

हामी सर्वसाधारण जनतालाई अपिल गर्न चाहन्छौं कि सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन हामीसबैको सुरक्षाको लागिहो र सबै मिलेर यसको पालना गरौं ।
यो विषम परिस्थितिमाभीजी फाउन्डेसन आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिबद्ध छ र भविष्यमाआवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर छ ।

तपाइँको प्रतिक्रिया ।