अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको अनुरोध
कपन अनलाइन
काठमाडौं चैत्र १३ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताएका छन् । गोकर्णेश्वर नगरपालिकामा नगरवासीको सहयोगका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको जानकारी दिदै प्रमुख चालिसेले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरेका छन ।
कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले नगरपालिकाले विदेश बाट आएका नगरवासीहरुको विवरण संकलन गरिरहेको बताएका छन ।यस विचमा विदेस बाट नेपाल आएर बसेका नगरवासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था नगरपालिकाले मिलाएको जानकारी दिदै नगर प्रमुख चालिसेले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेका छन ।
कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि गोकर्णेश्वर नगरपालिकाले तयारी तीव्र बनाएको जानकारी गराउदै विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै नगर प्रमुख सन्तोष चालिसेले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी दिएका छन । उनले अत्तरखेल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले छुट्टै कक्ष स्थापना गरी कोराना भाइरस (कोभिड-१९)का सम्भावित बिरामीको जाँच शुरु गरेको बताए । तीन दिनअघि देखि शुरु गरिएको कक्षमा कोभिड-१९ का सम्भावित बिरामीहरुको ज्वरो जाँच गरिने बताए । उनले उच्च ज्वरो आएका अथवा कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिरामीलाई सोही कक्षमा जाँच गरिने र स्वास्थ्यकर्मीहरुले अस्पतालमा आउने जोकोहीको पनि ज्वरो लगायतका जाँच गर्ने गरेको पनि बताए ।
उनले कम ज्वरो भएकालाई सामान्य उपचारको लागि र उच्च ज्वरो भएकालाई आइसोलेसनमा पठाउने गरिएको र आइसोलेसनमा बिरामीको स्वाब नमुना लिएर जाँचको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने बताउदै । स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आए टेकुबाट रेस्क्यु टोली आउने अन्यथा बिरामीको सामान्य तवरबाट उपचार गर्ने गरेको पनि बताए । उनले , स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि विशेष सावधानी समेत अपनाइएको जसमा स्वास्थ्यकर्मीहरुले विशेष पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को प्रयोग गरी बिरामीको जाँच गरिरहेको बताए ।त्यस्तै उनले शंखरापुर अस्पताल र अर्थोपेडिक अस्पतालमा समेत आइसोलेसन तयारी अवस्थामा राखेको बताउदै बिभिन्न स्थान मा क्वारेन्टाइन को लागि तयारी गरेको पनि बताए ।
त्यसतै लक डाउन को अवस्थामा रहेका नगरवासीलाई कुनै पनि किसिमको आपतकालीन स्वास्थ्य सेवा लिनु परेमा सहज ढुवानीका लागि एम्बुलेन्सको व्यवस्था गरेको नगर प्रमुख चालिसेले जानकारी दिएका छन । त्यस्तै आज बाट नै नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको बताए। उनले मानिसहरुको बढी भिडभाड हुने स्थान अस्पताल लगायतको क्षेत्रमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको । उनले अर्थोपेडिक अस्पताल शंखरापुर अस्पताल जोरपाटी चोक मुख्य सडक मेडिकल कलेज हुदै बिभिन्न स्थानमा ( डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको बताए । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।
गरपालिकाले माक्स नगर बासीहरूलाइ बितरण गर्ने जानकारी दिदै प्रत्येक वडा मा समेत हात धुन साबुन र सेनिटाइजरको व्यवस्था गरिएको जानकारी गराए। उनले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका थिए। त्यसै गरि नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइन स्थलको रूपमा ब्यवस्थापन गरिने र नगरपालिकाका स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने पनि जानकारी गराए ।उनले कोरोना भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न अनुरोध समेत गरेका थिए। गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमण र अन्य सेवा तत्काल नगरवासीलाई उपलव्ध गराउनका लागि “रेस्पोन्स हटलाइन टिम”गठन गरेको छ।गोकर्णेश्वर नगरवासीले आवस्यक परेको समयमा जुनसुकै वेला उक्त टिमका सदस्यलाई सम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै नगरस्तरीय सतर्कता अभियान सुरु गरेको छ। विपद् व्यवस्थापन समितिले ‘क्विक रेस्पोन्स टिम’ स्थापना गरी विश्वव्यापी रुपमा फैलिएको भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणमा पहल थालेको हो।
नगर प्रमुख चालिसेले नगरपालिकाको पहलमा साथ दिन जनतालाई आग्रह गरेका छन्। कोरोना भाइरसको त्रास देखाइ दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना नगरियोस् तथा कालोबजारी नहोस् भन्ने हेतुले स्थानीय बजार अनुगमनको काम समेत गरेको बताए। ’जनस्वास्थ्य र सुरक्षाका लागि हामीले आवश्यक कदम चालेका छौं। कोरोना रोकथाम रयस बारे सचेतनाका लागि माइकिङ र सामाजिक सञ्जालमार्फत् सूचना प्रवाह गरिरहेको बताए । चालिसेले यस विपदको अवस्थामा नगरवासीले ‘सेल्फ आइसोलेसन’मा जोड दिनुपर्ने बताए।उनका अनुसार नगरपालिकाका नौ वटा वडालाई कोरोना भाइरसका कारण निम्तन सक्ने अभाव व्यवस्थापनका लागि हाल लाइ एक एक लाख रुपैयाँ समेत उपलब्ध गराउने निर्णय भएको बताए ।कोरोना सम्बन्धी मेडिकल जानकारी, सल्लाह सुझावका लागि पाँच जना स्थानीय डाक्टरहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ। जुन डाक्टर सुवास प्याकुरेलको संयोजकत्वमा बनेको बताए । त्यस्तै प्रत्येक वडाले पनि विपद व्यवस्थापन स्वयं सेवक लगायतको समिति निर्माण गरेको जानकारी गराए ।