चिया पसल र भट्टीमा निगरानी बढाऊ प्रहरी प्रसासन !

चिया पसल र भट्टीमा निगरानी बढाऊ प्रहरी प्रसासन !

कपन अनलाइन

काठमाडौं ,चैत १३/पुन्यराज पुडासैनी 

कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट बच्न नेपाल सरकारले अहिले सम्पूर्ण देशवासीलाई  लक डाउनमा रहनका लागि अनुरोध गरेको छ।आज चैत १३ गते लक डाउनको तेश्रो दिन हो र अघिल्ला २ दिनमा यो अवस्थामा केहि चुनौतिहरु देखिएका छन ।

समाचार संकलनका क्रममा काठमाडौं का विभिन्न स्थानमा पुग्दा विसेसत बिहानीको समयमा चिया पसलमा र बेलुकाको समयमा भट्टी पसलमा निकै मानिसहरुको भिडभाड देखिएको छ ।

बिहानी समयमा धेरैको शंख्यामा चिया पसलमा कोरोना बिज्ञ बन्दै आफ्नो र अरुको जीवन खतरामा पार्ने र बेलुका भट्टीमा बसेर मादक पदार्थ सेवन गर्दै बसेकाहरुलाई कारवाही गर्नका लागि प्रहरीले छेक जांच बढाउनु पर्ने देखिन्छ ।

त्यस्तै कुनै नियमित काममा बसे झैँ साँझपख  टहल्न बाहिर निस्कने प्रवृति पनि धेरै देखिएकोले प्रसासनले यसमा कडाइ गर्नुपर्ने देखिन्छ ।अहिलेको परिस्थितिमा यस बाट बच्ने उत्तम उपाय भनेको घर भित्र कसै संग सम्पर्कमा नआई बस्नु हो र त्यसमा धेरैले निकै लापरवाही गरेको देखियो ।

यस्तो समयमा आफु र अन्य नागरिकलाई पनि बचाउनु पर्ने गहन दायित्वको समयमा कुनै पनि सानोतिनो लापरवाहीका कारण यसले विकराल रुप लिन सक्ने भएकोले सबै चिया पसल र भट्टी पसललाई विशेष सुचना जारि गरेर बन्द गर्न लगाउनु पर्ने देखिन्छ भने कसैले अटेर गरेमा पक्राउ गरेर सिधै जेलमा हाल्ने व्यवस्था हुनुपर्ने देखिन्छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।