बुढानिलकण्ठ ११ जगडोल र १३ चुनिखेलमा लकडाउनका नाममा गम्भीर गल्ति
कपन अनलाइन
काठमाडौं ,चैत ११।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ र १३ का केहि भागमा लकडाउनको पहिलो दिन सजगताका नाममा बाटो छेक्ने जस्ता गम्भीर गल्ति गरिएको छ।
सो क्षेत्रमा बिहान प्रताक्लैन भ्रमणमा धेरै मानिसहरुको आवतजावत भएको भन्दै बाटोमा बाँस र अन्य किसिमका अवरोधहरु राखिएका छन । त्यहाका स्थानीयहरुले बाहिरि मानिसहरुको आवतजावत रोक्ने नाममा गम्भीर गल्ति गरेको एक स्थानीय बताउछन।
यस क्षेत्रमा कुनै पनि किसिमको बिपत्ति र अन्य घटना पर्दा यो अवरोधका कारण ठुलो दुर्घटना भोग्नु पर्ने तर्फ यसरि बाटो बन्द गर्नेहरु असंवेदनशील बनेको उनको गुनासो थियो ।
बाटोमा यसरि अवरोध राख्दा कुनै पनि आपतकालीन अवस्थामा निकै शास्ती हुने देखिएकोले यस्ता गतिविधि हटाउन वडाका जनप्रतिनिधिले विशेष धयान पुर्याउनु पर्ने देखिन्छ ।
बाहिरी क्षेत्रका मानिसहरुलाई प्रवेस निषेध गर्ने नाममा स्थानीयलाई भैरहेको शास्ती हटाउन स्थानीय प्रसासनको पनि भूमिका सक्रिय हुनुपर्ने देखिन्छ ।