बुढानिलकण्ठ नगरपालिका वडा न.७ को सर्वदलीय बैठक सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा न.७ को सर्वदलीय बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत १०

आज मिति २०७६ चैत्र १० गते बुढानिलकण्ठ नगरपालिका वड न. ७ को आव्हानमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

वडा न. ७ का वडा अध्यक्ष बस नारायण महर्जन, जनप्रतिनिधिहरु राम बहादुर थिङ्ग, राममाया महर्जन अनिता पृकुटि , नेपाली कांग्रेसका वडा सभापति /प्रतिनिधि विजय महर्जन , नेपाल कम्युनिस्ट पार्टीका नगर सदस्य तोयानाथ अधिकारी , नेकपा ७ न. वडा अध्यक्ष मंगलदास महर्जन,राजनीतिज्ञ विश्व निरौला, वडा कार्यालय सचिव कुमार निरौला, बुढानिलकण्ठ प्रहरी  प्रभागका प्रतिनिधि सी .के. राई ,बि.आर. कार्की सहितको सर्वदलीय बैठक सम्पन्न भएको हो  ।
बैठकमा वडा भित्र हेल्प डेक्स राख्ने,कोरोना सम्बन्धि सचेतना अभिबृद्दी गर्ने,ठाउँ ठाउँमा हात धुने ट्याङ्की राख्ने , बजारमा बहिरहेको सामान अभाव लाई कम गर्न अनुगमन गर्ने आदि विषयवस्तु प्रस्तुत गरिएको थियो। वडामा स्पिकरबाट अडियो मार्फत जनचेतना मुलक सन्देश प्रवाह गरिसकेको कुरा वडा अध्यक्ष बस नारायण महर्जनले जानकारी गराएका थिए  ।

साथै बैठकमा नेकपा प्रतिनिधि तोयानाथ अधिकारीले वडा भित्रका पहुँच नभएका परिवारहरुलाइ ज्वरो नाप्ने थर्मोमिट्रर ,आवश्यकता अनुसार घर घरमै खाद्यान्न उपलब्ध गराउन सुझाव पेश गर्ने ,वडा भित्रका क्षेत्रमा सचेतना मुलक माइकिङ्ग गर्ने आदि सुझाव पेश गरेका थिए ।


यसैगरि नेकपाका वडा .७ का सभापति विजय महर्जनले चैत्र २ गते नै सचेतना स्वरुप वडामा ज्ञापन पत्र बुझाइसकेको जानकारी दिनु भएको छ , आजबाट नेपालमा पनि कोरोना संक्रमीत भेटिएको कुरालाइ ध्यानाकर्षण गराउदै उहाँले अबको दिनमा सचेतना फैलाउने र सेल्फ क्वारेन्टाइनमा बस्नु र लकडावन गर्नु बाहेको विकल्प नहरेको बताएका छन  । अन्य उपस्थित महानुभावहरुले पनि सचेतनाको लागि सबै किसिमको उपाएहरु अपनाउनु पर्ने कुरामा जोड दिएका थिए  ।


साथै वडा भित्रका जनताहरुलाइ कुनै समस्या वा गुनासो भएमा वडा प्रतिनिधिहरुलाइ खबर गर्न समेत वडा अध्यक्ष बसनारायण महर्जनले अपिल गर्नुहुँदै आवश्यकता अनुसार वडा भित्रका केही स्थानमा क्वारेन्टाइन संचालन गर्ने समेत जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।