बूढानिलकण्ठ – ५ मा सर्वदलीय बैठक :बजार अनुगमन तीव्र पारिने

बूढानिलकण्ठ – ५ मा सर्वदलीय बैठक :बजार अनुगमन तीव्र पारिने

कपन अनलाइन

काठमाडौं ,चैत ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ ले सर्वदलीय बैठक आयोजना गरेर कोभिड १९ कोरोना भाइरस बाट बच्नका लागि विभिन्न योजना बनाएको छ।

वडा नं ५ का अध्यक्ष विजय तामांगको अध्यक्षतामा भएको बैठकले निम्न निर्णय गरेको छ।उक्त बैठकमा वडामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

१. वडा कार्यालय, बिष्णुमती शहरी स्वास्थ्य केन्द्र, नेपाल प्रहरी तथा अन्य आवश्यक निकाय बीच समन्वय गरि वडा कार्यालयमा हेल्प डेस्क संचालन तथा आवश्यक स्रोत साधनको यथाशीघ्र व्यवस्था गर्ने,
२.वडा स्तरीय बजार अनुगमन समिती गठन तथा अनुगमन मार्फत दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने,
३.कोरोना रोकथामको लागि प्रचार प्रसारलाई तिब्र बनाई नागरिकलाई सचेत बनाउने।

साथै वादमा रहेका कुनै पनि वडा वासीलाई समस्या परेमा जनप्रतिनिधि तथा नगरपालिकाले उपलव्ध गराएको नम्बरमा सम्पर्क गर्न सकिने वडाले जनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।