कोरोना भाइरस बाट सतर्कता अपनाउन शंखरापुर नगरपालिका नगर प्रमुख सुवर्ण श्रेष्ठको अपिल

कोरोना भाइरस बाट सतर्कता अपनाउन शंखरापुर नगरपालिका नगर प्रमुख सुवर्ण श्रेष्ठको अपिल

कपन अनलाइन

काठमाडौं, चैत्र ९। शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नगरवासीलाई सुरक्षित राख्नका लागि शंखरापुर्  नगरपालिकाले तयारी तीव्र पारेको जानकारी गराएका छन्। ।कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख श्रेष्ठले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा आतंकित नभई सतर्कता अपनाउन नगर बासिलाइ अनुरोध गर्दै कोरोनाको बारेमा नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका  साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह  समेत गरेका छन  ।

  विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै नगर प्रमुख सुवर्ण श्रेष्ठले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी दिएका छन । उनले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य समानको  कृतिम अभाब सिर्जना नहोस  तथा कालोबजारी नहोस भनेर नगरपालिकाले अनुगमन गरिरहेको जानकारी गराएका उनले अत्यावश्यक काम बाहेक भिड भाडमा नजान अनुरोध गर्दै सरसफाईमा बिशेष ध्यान दिन अनुरोध गरेका हुन्।

उनले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि अनुरोध गरेका हुन।

उनले नगरपालिकाले कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रमका साथै आवश्यक पूर्वतयारी गरिरहेको जानकारी गराए।आफ्नो नगरपालिकामा  वसोवास गर्दै आएका नगरवासीले यस्तो समयमा कुनै पनि किसिमको समस्या भोग्न नपरोस भनेर सबै किसमका संयन्त्र परिचालन गर्ने योजना बनाएको र त्यसको लागि काम समेत थालनी गरेको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले  यसलाई मध्य नजर गरेर कार्यपालिका र सर्वदलीय बैठक समेत आयोजना गरेर योजना कार्यन्वयनमा लगेको बताए।

यसैको तयारीका लागि र आम जनतामा यस भाइरसका वारेमा  आवस्यक सचेतना अपनाउन पर्चा वितरणको काम गरिसकेको जानकारी दिदै प्रमुख श्रेष्ठ ले  यस विचमा नगरपालिकामा संचालनमा रहेका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाको भेला सम्पन्न गरेर परेको समयमा परिचालन गर्नेगरी तयारी अवस्थामा राखेको बताए ।उनले केहि दिन अघि मात्र कोरोना भाइरसको जोखिम न्यूनीकरणका तथा सतर्कता अपनाउन आफ्नो   अध्यक्षतामा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको  बताउदै उक्त टिममा ९ वटै वडाका वडा अध्यक्षहरू, महिला बिकास शाखाका प्रमुख शिक्षा शाखाका प्रमुख प्रहरीका प्रतिनिधि र संघ सस्था मध्यबाट नेपाल स्काउटका प्रतिनिधि सदस्य रहेको जानकारी गराए ।

उनले उक्त बैठकले उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठको  अध्यक्षतामा बजार अनुगमन समिति समेत गठन गरेको र  उक्त अनुगमन समितिको सदस्यमा  ६ नं. वडा का वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र प्रहरीका प्रतिनिधिहरु  रहेको बताए  ।

 नगर प्रमुख श्रेष्ठले १० हजार थान माक्स  नगर बासीहरूलाइ  बितरण  गर्न लागिएको र सेनिटाइजर सहित  ज्वोरो नाप्ने थर्मोमिटर समेत संघिय सरकार सँग माग गरिएको बताए । त्यसै गरि नगरपालिकामा हेल्पडेक्स स्थापना गर्नुका साथै प्रत्येक वडाहरूमा हेल्पडेक्स स्थापना गर्ने र पिपुल्स लाइफ कियर अस्पाल र सुष्मा कोइराला मेमोरियल अस्पतालको  सहकार्यमा आइसुलेसन वार्डको  ब्यवस्था गर्न लागिएको र त्यो काम अघि बढेको  जानकारी दिए ।

त्यसै गरि नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइम स्थलको  रूपमा ब्यवस्थापन गरिने र नगरपालिकाका  स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने जानकारी गराए ।सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको बताउदै उनले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगरपालिकाले  स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले दिएको  निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए  ।उनले विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिम मुलुकको  सुचिमा नेपाललाई राखेको  अवस्थामा उक्त भाइरसबाट बच्न अनावश्यक भिडभाडमा नजान र स्वास्थ्यकर्मीहरू द्वारा दिइने निर्देशन पालना गर्न आम नगरबासीलाइ अनुरोध गरेका छन्

 

तपाइँको प्रतिक्रिया ।