कोरोना भाइरस बाट टोखा नगरवासीलाई सुरक्षित राख्न सबै किसिमका तयारी गरेका छौ: प्रमुख प्रकास अधिकारी
कपन अनलाइन
काठमाडौं ,चैत ९।
कोभिड १९ कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि टोखा नगरपालिकाले तयारी तीव्र बनाएको छ। विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै नगर प्रमुख प्रकास अधिकारीले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी दिएका छन ।
यस कसिमको तयारीमा सबै भन्दा पहिला कुनै पनि किसिमका शंकास्पद विरामी देखिएमा उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि १० बेड क्षेमताको अस्पताल निर्माण भैसकेको जानकारी दिदै उक्त अस्पतालमा ५ जना डाक्टर र अन्य जनशक्ति जुन सुकै वेला पनि उपलव्ध हुने व्यवस्था मिलाएको जानकारी दिएका छन।
त्यस्तै नगर प्रमुख अधिकारीले नगरपालिकाका प्रत्येक घरमा मास्क उपलव्ध गराउनका लागि अर्डर गरिएको र उपलव्ध हुने वितिकै जनताको घर घरमा पुगेर वितरण गर्ने जानकारी दिदै चाडै ज्वरो मापन गर्ने यन्त्र पनि नगरपालिकामा उपलव्ध हुने बताए ।
त्यस्तै नगर प्रमुख अधिकारीले आज भोलि बाट नै नगरपालिकाका भिडभाड हुने स्थानमा पानी ट्यांकी राखेर जनतालाई सुरक्षित रुपमा हात धुने व्यवस्था मिलाउन काम थालिसकिएको जानकारी दिदै नगरवासी जनताको मनोवल र आत्मविश्वास बढाउन विभिन्न स्थानमा मनोपरामर्श कक्षा संचालन गर्नका लागि नगरवासी बिज्ञ तथा अन्य व्यक्तित्व संग छलफल चलाएको र चाडै ति कक्षा पनि शुरु हुने बताए ।
यो प्रकोप बाट कुनै पनि नगरवासीलाई असर नपरोस भनेर जनशक्तिको तत्काल उपलव्धताका लागि नगरमा वसोवास गर्ने डाक्टर तथा नर्सको तथ्यांक संकलन गरिएको र उनीहरु संगको सल्लाहमा जुन सुकै वेला ति जनशक्तिको उपयोग गर्ने योजना नगरपालिकाले बनाएको र त्यसमा सबैपक्षको सकारात्मक सहयोग रहेको प्रमुख अधिकारीले बताए ।
यो कुनै एक स्थान र एक देशको मात्र समस्या नभएकोले यसमा सबैले मिलेर जुध्नका लागि अपिल गर्दै नगर प्रमुख अधिकारीले नगरवासीलाई परेको समयमा जुन सुकै किसिमको सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवादत्ता व्यक्त गरेका छन ।