महानगरको १० करोडको आपकालिन कोष स्थापना
कपन अनलाइन
काठमाडौं, चैत ७। काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० करोडको आपतकालीन कोष स्थापना गरेको छ। उक्त कोषबाट वडालाई सहयोग दिइने भएको छ।
महानगरको आकस्मिक बैठकले वडालाई २ लाखदेखि ४ लाखसम्म सहयोग गर्ने घोषणा गरेको छ। महानगरका अनुसार साना वडालाई दुई लाख, मझौला वडालाई तीन लाख र ठूला वडालाई चार लाख रुपैयाँ दिइने छ।
तपाइँको प्रतिक्रिया ।