कागेश्वरी मनोहरा नगरपालिकामा दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाब हुन नदिन अनुगमन तिब्र
कपन अनलाइन
काठमाडौं चैत्र ६। कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको हुन सक्ने आशंकामा कागेश्वरी मनोहरा नगरपालिकाले अनुगमन गर्न थालेको छ ।
कोरोनाको त्रासका कारण, खाद्यान्न, औषधि लगायत दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाब भएको गुनासो बढे संगै कागेश्वरी मनोहरा नगरपालिकाले अनुगमन थालेको हो ।कोरोना भाईरसका कारण मौलाएको कालोबजारी नियन्त्रण गर्नको लागि मंगलबार कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी,वडा सदस्यहरु लगायत जनप्रतिनिधिहरु सहितको टोलीले थली आसपासका बजार क्षेत्रको अनुगमन गरेका हुन् ।उक्त अनुगमनमा महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्का सहित प्रहरीहरुको उपस्थिति रहेको थियो ।
उक्त क्रममा खाना पकाउने ग्यासको अभाब पाइएको थियो भने अनुगमनका क्रममा मूल्य सुची नै नराखेको पसल तथा व्यवसायीहरुलाइ यथाशिघ्र मूल्य सुची राख्न निर्देशन गरिएको थियो ।स्थानीय तहको अधिकार क्षेत्र भएका कारण बजार अनुगमनका लागि नगरपालिका लागि परेको र विपतको बेला राहतको लागि नगरपालिका हरदम तयार रहेको पनि बताए ।उनले अनुगमनलाइ निरन्तरता दिने पनि बताए ।