दन्त सिविर उद्घाटनको तस्विर भाइरल बनेपछि चम्पादेवी गाउँपालिकाको ध्यानाकर्षण

दन्त सिविर उद्घाटनको तस्विर भाइरल बनेपछि चम्पादेवी गाउँपालिकाको ध्यानाकर्षण

कपन अनलाइन

ओखलढुंगा ,चैत ५ ।

अहिले सामाजिक सञ्जालमा  चम्पादेवी गाउँपालिकामा दन्त सिविर उद्घाटनको  तस्विर निकै नै भाइरल भैरहेको छ ।

यो भाइरल तस्बिर ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा  आयोजना गरिएको जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घाटन कार्यक्रमको हो ।

गत चैत्र ३ गते सोमबार गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिकलाई कृतिम दात लगाइदिने कार्यक्रमकमा अतिथिहरुले बिलन्दुका ५० वर्षीया बराल थरकी बृद्धालाई कृतिम दाँत लगाइदिएर कार्यक्रमको उद्घाटन गरेका थिए  ।

प्राप्त जानकारीअनुसार एकजना डाक्टरले ती बृद्धको मुखमा दाँत लगाइदिएका थिए भने अन्य अतिथिहरुले हातमा ग्लोब्स लगाएरै छोएको देखिन्छ ।

यसरी गरिएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का हिमशिखर, गाउँपालिका अध्यक्ष नवराज केसी र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू रहेका  थिए ।

तर जेष्ठ नागरिकलाई कृतिम दाँत लगाइदिने कार्यक्रम निकै प्रभावकारी रहेको भएपनि कार्यक्रमको उद्घाटन गर्ने शैलीप्रति भने धैरैले व्यङ्ग्य गरेका छन् ।

यस विषयमा गाउँपालिका अध्यक्ष नवराज केसीले नियतवस गाउँपालिकालाई बद्नाम गर्ने हिसावले केही व्यक्तिले तस्विरलाई भाइरल बनाएको प्रतिकृया दिदै  दाँत डाक्टरले लगाइदिएको र अन्य कार्यक्रमका अतिथिहरुले ती बृद्धाको दाँत हेर्ने क्रमको तस्विरलाई अनावस्यक प्रचार गरिएको बताएका छन।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै तस्विरलाई अनावश्यक प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।