महानगरीय प्रहरी प्रभाग थलीले समुदाय प्रहरी साझेदारी अवधारण अनुरुप संक्रमण रोकथामको लागि सरसफाई गर्यो

महानगरीय प्रहरी प्रभाग थलीले समुदाय प्रहरी साझेदारी अवधारण अनुरुप संक्रमण रोकथामको लागि सरसफाई गर्यो

कपन अनलाइन

काठमाडौँ,चैत्र २। महानगरीय प्रहरी प्रभाग थलीले समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप संक्रमण रोकथाम को लागि शनिबार  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ स्थित थलीको मुख्य सडकको दुवै पट्टिको सडक नाली खोल्नुको साथै  ब्लिचिङ पाउडर ग्रेड १ छर्कने कार्य समेत गरेको थियो।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष अबम नगर प्रवक्ता राजाराम  पुडासैनी वडा सदस्य मधु घोरासैनी, समाजसेवी सुर्य केसी ,लेखनाथ पुडासैनी ,महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्का सहित प्रहरी र स्थानीयको सक्रियतामा उक्त क्षेत्रको नाली सरसफाई गर्नुको साथै कोरोना भाइरसको बारेमा जनचेतना समेत जगाएका थिए।  शनिबार बिहान ८ बजे देखि ९:३० सम्म गरिएको उक्त कार्यमा स्थानीयले सहयोग गरेका थिए।

महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काका अनुसार मानिस स्वास्थ्य रहनको लागि सरसफाई आवश्यक रहेको बताउदै देखाउनको लागि मात्र नभई व्यवहारिक रुपमा समेत आफनो गाउ/टोल सरसफाई राख्नु पर्ने बताए।

उनले कुनै पनि  संक्रमण हुन नदिन सरसफाई आवश्यक रहेको भन्दै समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप उक्त क्षेत्रमा सरसफाई गरिनुको साथै कोरोना भाइरस सम्बन्धी सचेतना जगाउने कार्य गरिएको बताए। उनले G.S. Surgical Suppliers त्रिपुरेश्वर का Proprietor गणेश सापकोटा द्वारा उपलब्ध भएको ब्लिचिङ पाउडर (grade-1)छर्कीने काम समेत गरिएको बताए । उनले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।