मोलुंगको मान्द्रे पुल :जनता झुक्काउन नेताको हुल

मोलुंगको मान्द्रे पुल :जनता झुक्काउन नेताको हुल

कपन अनलाइन

ओखलढुंगा ,फागुन ३०/पुन्यराज पुडासैनी 

ओखलढुंगा जिल्लामा अहिले विभिन्न योजनाहरु निर्माणाधीन रहेका छन । धेरै दशकको बिकासको अभाव र दुर्गम जिल्लाको पहिचान बाट बल्ल बल्ल मुक्ति पाउन बामे सर्दै गरेको यस जिल्लामा रहेका यी योजनाहरुले विकासे योजना संगै अर्को परिचय पाउन थालेका छन । त्यो अर्को परिचय भनेको कुनै पार्क वा महत्वपूर्ण सम्पदा जस्तो तस्विर खिचाउने स्थल हो ।

धेरै प्रभावशाली व्यक्तिलाई जन्म दिएको र गौरवमय इतिहास बोकेको ओखलढुंगा जिल्लाले विकासको सामान्य रेखा कोर्न भने धेरै दशक पर्खनु परेको छ र अझै पनि विकासको कछुवा गति संग त्यहाका जनताले सम्झौता गर्नु परेको छ ।अनि त्यहि कछुवा गतिको विकास योजनामा ओखलढुंगा जिल्लाका नेताहरुको गजवको फोटो सेसन देख्दा जनता भने आफ्ना प्रतिनिधिहरुको रमिता हेरेर रमाइलो गरिरहेका छन।

यसै रमिताको पछिल्लो उदाहरण बनेको छ मोलुंग गाउँपालिकाको मान्द्रे पुल जुन अहिले ओखलढुंगा जिल्लाका नेताहरु आएर फोटो खिचाउने राम्रो स्थल बनेको छ।

त्यस पुल निर्माण स्थलमा आएर फोटो खिचाउने प्रमुख नेताहरुको अग्रपंक्तिमा रहेका छन कांग्रेस नेता रामहरी खतिवडा अनि उनलाई पछ्याउदै छन प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार । अनि यो पंक्तिमा प्रदेस सभा सदस्य मोहन खड्का र नेपाली कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवारलाई छुटायो भने पक्कै स्थानीय जनताले खल्लो मान्नेछन । र पछिल्लो चरणमा यो लाइनमा थपिएका छन नेपाली कांग्रेस जिल्ला सचिव रुद्र अधिकारी ।

करिव १० वर्ष पर्खेर भर्खर सिरिसे पुलमा मोटर कुददा पहिलो गाँसमा ढुंगा भने झै आफुले पटक पटक मत दिएका नेताहरुको पर्दा भित्र र बाहिरको दोहोरिमा रमाइलो गरेका ओखलढुंगा जिल्लाका जनताहरु अव मान्द्रे पुलको प्रहसनमा रमाई रहेको एक शिक्षक बताउछन ।अव यो पुल निर्माण हुने हल्का संकेत देखिएकोले जिल्लाका नेताहरुको फोटो सेसनका लागि मेला लाग्ने भन्दै उनले व्यंग्य गरे।

काम अलपत्र पारेर भाग्ने ठेकेदार ,विकासको विरोध गर्ने जनता र विकासमा अवरोध गर्ने कुराजनीतिक संस्कार संग जुध्न सक्ने सवल यज्ञराज सुनुवार र रामहरी खतिवडा जस्ता राजनीतिक भविस्य बोकेका प्रतिनिधिहरु अहिले केहि सामाजिक संजालमा राजनीतिको खेती गर्ने कार्यकर्ताको पछी लागेर कमसल राजनीति तर्फ उन्मुख भएको भन्दै एक पुराना राजनीतिज्ञले दुख व्यक्त गरे ।अनि यो लाइनमा चम्पादेवी अध्यक्ष नवराज केसी ,नेकपाका नेता बालकृष्ण ढुंगेल ,बाबुराम गौतम र नेपाली कांग्रेसका तेजेन्द्र खनाल उभिदा झन् पीडाबोध भएको उनको भनाइ रहेको छ । अनि अर्का प्रदेस सभा सदस्य प्रदेस नं १ का भौतिक योजना राज्यमन्त्री अम्बिरबाबु गुरुङ कतै नदेखिनु पनि जनमतको  राम्रै कदर हो भन्दै उनले व्यंग्य मिश्रित पिडा व्यक्त गरे ।

अव यसमा स्थानीय तहका जनप्रतिनिधिको त उल्लेख गर्न नसकिने किसिमका फोटो सेसन हुने गरेको अर्का सामाजिक कार्यकर्ता बताउछन । हरेक क्षेत्रमा काम सम्पन्न गर्ने ठोस पहल नगरे पनि त्यहा पुगेर फोटो खिचाउने र देखाउने प्रचलन ओखलढुंगामा निकै बढेको र यसमा जनता पनि उतिकै साझेदार रहेको उनको भनाइ रहेको छ । जनता पनि नेता देख्ने वितिकै आफ्नो सरोकारको विकासका कुरा नगर्ने तर फोटो खिचाउन भने उफ्रेर जाने नियतिको परिणाम अहिले नेताको फोटो मोह भएको उनको धारणा रहेको छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।