काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका पदाधिकारी द्वारा पदभार ग्रहण

काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका पदाधिकारी द्वारा पदभार ग्रहण

कपन अनलाइन

काठमाडौं ,फागुन ३०

काठमाण्डौ जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालय सानोगौचरणमा नवनियुक्त  अध्यक्ष अरुण बस्नेत सहित रुपा थापा मगर,तप्तराज तिमल्सीना,विनु खड्का,राजेन्द्र अर्यालले पदभार ग्रहण गरेका छन्  ।

सो कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु प्रल्हाद दाहाल,ममिता शेर्पा,निरञ्जन थापा मगर,विकाश श्रेष्ठ, पुर्व अध्यक्ष ध्रुवराज न्यौपाने र सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शिव देउजा  लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेल संग सम्बन्धित विभिन्न व्यक्तित्वहरु सहित प्रशिक्षक र कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै  पूर्व अध्यक्ष ध्रुर्वराज न्यौपानेले आफुले यो टिमलाई पुर्ण रुपमा सहयोग गर्ने बताएका थिए  भने अध्यक्ष अरुण बस्नेतले हिजोका राम्रो कुराहरुको अनुसरण गर्दै सवैको सल्लाह लिएर आफुले काम गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।