जनताको सामाजिक परिक्षणमा जनप्रतिनिधिले पास हुनेगरी काम गर्नुपर्छ :उपप्रधानमन्त्री ईश्वर पोखरेल

जनताको सामाजिक परिक्षणमा जनप्रतिनिधिले पास हुनेगरी काम गर्नुपर्छ :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

काठमाडौं ,फागुन २८।

नेपाल सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलले जनताको मत बाट निर्वाचित जनप्रतिनिधि उनीहरुले गर्ने सामाजिक परिक्षणमा पास हुनुपर्ने बताएका छन । टोखा नगरपालिकाको प्रसासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

जनता बाट निर्वाचित प्रतिनिधिको कार्य सम्पादनमा कुनै पनि किसिमको बेरुजु निस्कन नहुने भन्दै उनले हरेक हिसावले जनताको सेवा हुने काम गर्नका लागि स्थानीय तहका प्रतिनिधिहरु लाग्नुपर्ने बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै पोखरेलले स्थानीय तहले नसकेका काम प्रदेस र त्यहाँ बाट पनि हुन् नसकेका काम संघीय सरकारले गर्ने बताउदै त्यसका लागि जनताले माग गरेको योजना छनौट र चयन भने स्थानीय तहको सरकारले गर्नुपर्ने धारणा राखेका थिए ।

समस्या जहाँ पनि हुने भन्दै उनले त्यस्ता समस्याको पहिचान र समाधानको उपाय खोजि गर्दै जनतालाई प्रभावकारी सेवा प्रवाहमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुने धारणा राखेका थिए ।

जनताले आफ्ना प्रतिनिधिहरुलाई निकट र सघन रुपमा हेरिरहेने हुनाले पारदर्शी र स्पस्ट रुपमा काम गर्नुपर्ने त्यो काम गर्ने अठोट दरिलो हुनुपर्ने बताउदै पोखरेलले अर्को पटक पनि तिनै जनताको माझमा जानुपर्ने समय नजिक आएको खयाल गर्न जनप्रतिनिधिलाई सचेत बनाएका थिए ।

सोहि कार्यक्रम साक्षर नगर घोषणा भएको टोखा नगरपालिकाका जनप्रतिनिधिलाई एक पटक घोषणा गरेर भन्दा यसको नियमित अनुगमन र अध्ययन गर्दै शिक्षालाई उत्पादन संग जोड्नु पर्ने भनाइ राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।