चन्द्रागिरि नगरपालिकामा सडक दुर्घटना न्यूनीकरणमा सफलता

चन्द्रागिरि नगरपालिकामा सडक दुर्घटना न्यूनीकरणमा सफलता

कपन अनलाइन

काठमाडौं, फागुन २७ । महानगरीय प्रहरी वृत्त थानकोटले होली पर्वमा लोला हान्ने , झैझगडा गर्नेसहित १९ जनालाई नियन्त्रण लिईएको छ ।

होली पर्वको अवसरमा सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षा व्यवस्थापनको लागि महानगरीय प्रहरी वृत्त थानकोट तथा मातहत प्रभाग नागढुंगा, मनप्रप्रभाग बलम्बु लगायत प्रहरी कार्यालयहरूबाट विभिन्न स्थानहरूमा स्थाई तथा आकस्मिक चेकप्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा १९ जनालाई नियन्त्रण लिईएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिईएका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भैरहेको बताए ।

डिएसपी श्रेष्ठका अनुसार सो क्रममा १३९ वटा सवारी साधनलाई ट्राफिक कार्वाही गरीएको, २७५ वटा सवारी साधनलाई सम्झाई वुझाई छाडिएको छ भने २५ वटा सवारी साधन नियन्त्रणमा लिईएको उनको भनाई छ ।

यस क्रममा चन्द्रागिरि नगरपालिका भित्र कुनै सडक दुर्घटना नभएको तथा कुनै अप्रिय घटना नघटेको थानकोट प्रहरीले जनाएको छ ।

होली पर्वलाई सभ्य र सुरक्षित रूपमा मनाउन नेपाल सरकार, वृत्त तथा मातहत प्रहरी कार्यालयवाट सचेतनामुलक सामाग्रीको प्रचारप्रसार सहित गरीएको अनुरोधलाई साथ दिनु भई सुरक्षा सजकता अपनाउनु भएकोमा सम्पूर्ण चन्द्रागिरि नगरवासीप्रति महानगरीय प्रहरी वृत्त थानकोट हार्दिक धन्यबाद तथा आभार समेत जनाएको छ ।

फोटो सौजन्य: रोशन दानी

तपाइँको प्रतिक्रिया ।