गोकर्णेश्वर नगरपालिका आर्थिक विकास शाखा द्वारा आयोजित उद्योग व्यवसाय बाट समाजमा पर्न सक्ने प्रभाब र वातावरणीय असर सम्बन्धि एक दिने चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका आर्थिक विकास शाखा द्वारा आयोजित उद्योग व्यवसाय बाट समाजमा पर्न सक्ने प्रभाब र वातावरणीय असर सम्बन्धि एक दिने चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २७। गोकर्णेश्वर नगरपालिका आर्थिक विकास शाखाले उद्योग व्यवसाय बाट समाजमा पर्न सक्ने प्रभाब र वातावरणीय असर सम्बन्ध चेतनामुलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।फागुन २३ गते गोकर्णेश्वर नगरपालिका स्थित नबिल फूडल्याण्डमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए।

  त्यसै गरि  बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी आर्थिक विकास समितिका सदस्य उमा थापा बजार व्यवस्थापन समितिका संयोजक दुर्गा प्रसाद बराल, नेपाल पस्मिना उद्योग संघका केन्द्रीय सचिब धन प्रसाद लामिछाने, लगायत व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका आर्थिक विकास समितिका संयोजक एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख पुण्य प्रसाद दाहालले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले पानसमा दीप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका बजार व्यवस्थापन  समितिका संयोजक दुर्गा प्रसाद बरालले स्वागत मन्तब्य राखेका थिए  भने नेपाल पस्मिना उद्योग संघका सचिब धन प्रसाद लामिछानेले शुभकामना मन्तब्य संगै व्यवसाय संचालनका क्रममा कसरि बातावरणलाइ असर नपुर्याउने गरि संचालन गर्ने भन्ने समबन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले कार्यक्रम को उदेश्य माथि प्रकाश पारेका थिए उद्योगका कारण उत्पन्न हुने धुलो, धुवा र ध्वनीले मानविय र बाताबरणिय स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै त्यसलाई न्यूनीकरण गर्ने तर्फ सोच्नु पर्ने आवश्यकता औल्याए।  उनले जल बायु परिवर्तनको असर नेपालमा पनि देखिएको बताउदै विश्व उद्योग बाट निस्केका विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै गएको  बताए।

 मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने “सिङक”को कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिएको बताए।  हाल विश्वमा हुने हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको भन्दै  कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको बताए ।जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ।

प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सकिने भन्दै, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुने बताए । उनले उद्योग व्यवसायीले पनि सके सम्म कम प्रदुषण गरि व्यवसाय संचालन गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उद्योग व्यवसाय आवश्यक भएको तर तिनीहरु माप दण्ड भित्र रहेर संचालन हुनु पर्नेमा जोड दिएका थिए। गोकर्णेश्वर नगरपालिका भित्र ठुला ठुला उद्योग नभए पनि भएका उद्योग हरुलाई व्यवस्थित तरिकाले मानब बस्ती र बातावरणमा असर नपुर्याउने ढंगले संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।उनले बातावरण प्रदुषणकै कारण ठुला ठुला महामारी फैलिएको भन्दै त्यसमा सबै जना सचेत हुनुपर्ने मा जोड दिएका थिए ।उनले  भावी पुस्ताले हामीलाई हेरिरहेको छ’, उनले भने , ‘यदि हाम्रा कारण समेत बातावरण संरक्षणमा  असफल भयौं भने हाम्रा सन्ततिले हामीलाई कहिल्यै माफ गर्ने छैनन भन्दै  त्यसमा बेलैमा सोच्नुपर्नेमा जोड दिएका थिए।’

 पहिलो चरणको औपचारिक कार्यक्रममा सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका आर्थिक विकास समितिका संयोजक एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले उपस्थित सबैलाई धन्यबाद दिदै गोकर्णेश्वर नगरपालिका लाइ उद्योगको हब्को रुपमा विकास गर्नु पुर्व उद्योग व्यवसायले सिर्जना गर्न सक्ने बातावरणीय असरलाई न्यूनीकरण गर्ने तर्फा पहिलानै पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।उनले उद्योग बाट निस्कने फोहोरलाइ सही व्यवस्थापन गर्नु पर्ने मा जोड दिदै मापदण्ड बनाएर नै काम गर्नु पर्ने बताए । जल बायु परिवर्तनले हाम्रो जस्तो राष्ट्र अति पिडित रहेको जगजाहेर भइसकेको भन्दै नेपालले अतिकम मात्र हरित ग्यास उत्सर्जन गरे पनि विश्वका कारण हाम्रो देश पनि जल बायु परिवर्तनको शिकार भएको बताए।

उनले प्लास्टिक जन्य फोहोर  कम गर्नको लागि धेरै उपाय र बिधिहरु प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।उनले घर बाट निस्कने फोहोर लाइ घरमै व्यवस्थापन गर्नु पर्नेमा पनि जोड दिएका थिए।  उनले मानवीय गतिविध र व्यवहारले हरित गृह ग्यास उत्सर्जन दर बढिरहेको हुनाले जलवायु परिवर्तन थप गम्भीर र संकटपूर्ण मोडमा पुगेको प्रतिवेदनले बताएको जानकारी गराए । जलवायु परिवर्तनको असर केवल मानवहरुलाई मात्रै होइन । माटो, जल र हरेक जीवजन्तुहरुमा यसको प्रत्यक्ष असर परिरहेको छ । यसको असर अरु प्राणीभन्दा मानिसहरुमा धेरै र मानिसहरुमा पनि बच्चाहरुमा धेरै पर्ने बतए  । त्यसकै कारण बिभिन्न किसिमका दिर्घ रोगहरु पनि देखा परेको हुँदा प्रदुषण कम गर्नको लागि बेलैमा सचेत हुनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा नाप तौल तथा गुणस्तर विभागका भवानी प्रसाद अधिकारीले उद्योग व्यवसाय बाट समाजमा पर्न सक्ने प्रभाब र वातारणीय असर सम्बन्धमा  चेतनामुलक तथा अभिमुखीकरण गरेका थिए उनले सहभागी बात उठेका जिज्ञासाको समेत जवाफ दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।