गजल !

गजल !

कपन अनलाइन

काठमाडौं, फागुन २५/ इन्द्रकुमार श्रेष्ठ

खालि भाषणै मात्र छाँट्नु हुँदैनथ्यो
त्यसरी माया गरेर चाट्नु हुँदैनथ्यो ।

कहिलेकाहीं त साँच्चै बोले पनि त हुने !
सधैं जालझेलको डोरी बाट्नु हुँदैनथ्यो ।

सानातिना भ्रष्टाचार त वास्ता नगरिएकै हो
हैट् ! देशै खाने गरी आँट्नु हुँदैनथ्यो ।

स्वावलम्बी र आत्मनिर्भर हुने कुरा खै !
चामलसँग भूस साट्नु हुँदैनथ्यो ।

सच्चा नागरिकले यही मातृभूमिमा समृद्धि खोज्ने हो
सपनामै रमाएर डाँडा काट्नु हुँदैनथ्यो ।

तपाइँको प्रतिक्रिया ।