बुढानिलकण्ठ नगरपालिका – १० मा निशुल्क आयुर्वेद विशेषज्ञ शिविर हुने

बुढानिलकण्ठ नगरपालिका – १० मा  निशुल्क आयुर्वेद विशेषज्ञ शिविर हुने

कपन अनलाइन

काठमाडौं ,फागुन २२। बुढानिलकण्ठ नगरपालिका वडा नं – १०को कार्यलयले सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचना मार्फत  यस वडामा निशुल्क आयुर्वेद विशेषज्ञ शिविर हुने जनाएको छ।

बागमती प्रदेश सरकार सामजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गतको बागमती अंचल औषधालयले आयोजनामा उक्त शिविर हुन् लागेको हो।उक्त शिविर फागुन २४ गते शनिबार बिहान १०: ०० बजे देखि ३ बजे सम्म  बालउद्धार मा. बि बुनपा १० मा हुने भएको हो।

उक्त शिविरमा सम्पूर्ण वाडावासी हरुले स्वस्थ्य जांच गराई मौकाको फाइदा उठाउनु हुन् अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।