ट्राफिक भोलियन्टरलाई सम्मान

ट्राफिक भोलियन्टरलाई सम्मान

कपन अनलाइन

काठमाडौं ,फागुन २२। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक भोलियन्टरलाई सम्मान गरेको छ ।

एक कार्यक्रम गरी काठमाडौँ स्कुल अफ ल र चक्रवर्ती ल कलेजको कानुन संकायबाट खट्टिएका ट्राफिक स्वयम् सेवकहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल र काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाईप्रमाण प्रत्र दिएर सम्मान गरेका हुन ।

कार्यक्रममा महाशाखाका प्रमुख ढकालले युवाहरूमार्फत ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्‍याएर ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि भएको र ट्राफिक नियम पालना तथा  सडक अनुशासन विषयलाई स्वत: आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यावाद तथा उज्ज्वल भविष्यको कामना समेत गरेका थिए ।

नेपाल प्रहरीले आत्मसात गरेको लोकप्रिय कार्यक्रम समुदाय-प्रहरी साझेदारिता अवधारणा अनुरुप सहकार्य  र  सक्रिय सयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त वनाउन यस महाशाखा र ल  कलेजहरूबाट यही मसिर ८ देखि मसिर १३ गते सम्म उपत्यकाको २५ स्थानमा ३०० जना विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।

आगामी दिनमा पनि ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग तथा सहकार्य गरी अघि वढ्ने कुरा  काठमाडौँ स्कुल अफ लका डाईरेक्टर युवराज सङ्ग्रौलाले प्रतिबद्धता गरेका थिए।

तपाइँको प्रतिक्रिया ।