चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा सुष्मा
कपन अनलाइन
काठमाडौं, फागुन २१।चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भएको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताको महिला ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ मंगलबार फाइनलमा प्रवेश गरेकी छन् । भक्तपुरमा भइरहेको प्रतियोगितामा सुष्माले काभ्रेकी प्रतिशा अर्याललाई पराजित गरिन् । अर्को सेमिफाइनल हुन बाँकी छ ।
पुरुष ५६ केजीमा काठमाडौंका सविन रजकले ललितपुरका हिक्मत सिउठाने मगर, सिन्धुपाल्चोकका शक्ति लामाले मकवानपुरका सुचितध्वज कार्की र रामेछापका अजय तामाङले काभ्रेका सजल महर्जनलाई हराउदै सेमिफाइनलमा प्रवेश गरे ।
पुरुष ६० केजीमा सिन्धुपाल्चोकका अंकित शाहीले रामेछापका सोनाम शेर्पा तथा काठमाडौंका मौसम राना मगरले ललितपुरका सन्तोष राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६४ केजीमा चितवनका विवेक गुरुङले भक्तपुरका सन्जोग श्रेष्ठलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।
पुरुषमा २८ तथा महिलामा १० खेलाडीको सहभागिता रहेको चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रत्योक तौलसमूहमा पहिलो हुने ८ पुरुष र ६ महिला खेलाडी राष्ट्रिय बक्सिङलाई छानिने छन् । छनोट बिहीबारसम्म चल्ने छ ।