म अझै भर्जिन छु।
म अझै भर्जिन छु।
– जिया केसी, नायिका
सोर्है आना सत्य ! हामीले त पत्यायौं।
संविधान बनाउने हो भने दलहरूको कार्यशैलीमा परिवर्तन हुनुपर्छ।
– महेश आचार्य, नेता
नेताहरूको कार्यशैली परिवर्तन भए पो दलको कार्यशैली परिवर्तन होला।
गोलमेच सम्मेलन गर्न तयार छौँ ।
– अर्जुननरसिंह केसी, नेता
अरू के-के गर्न तयार हुनुहुन्छ ? त्यो पनि भनिदिए वैद्य बालाई सजिलो हुने थियो।
बाबुरामजी भएको पद पनि त्याग्नुहुन्छ, नयाँ पद पनि खोज्नुहुन्न।
– पुष्पकमल दाहाल, प्रचण्ड
त्यसैले त बेला न कुबेला रडाको मच्चाइरहनुहुन्छ।
‘छ एकान छ’ हेर्नेले ‘बितेका पल’ पनि हेर्नेछन्।
– दीपकराज गिरी, हास्य अभिनेता
अरूले नहेरे पनि तपाईंले हेरिदिनु होला कल्याण हुनेछ !
सहमतिका लागि तयार छौं।
– मोहन वैद्य किरण, नेता
अरू पनि तयार हुनुपर्यो नि !
नेपाली चलचित्र क्षेत्रमा ‘गोल्डन एरा’ सुरु हुँदैछ।
– निशा अधिकारी, नायिका
‘डार्क एरा’ का कलाकारले गर्ने कल्पना यस्तै त हो।
नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तप्रति प्रतिबद्ध छैनन्।
– प्रा.डा.सुरेन्द्र केसी, राजनीतिक विश्लेषक
त्यसो भए कुनचाहिं सिद्धान्तप्रति प्रतिबद्ध छन् त !
म माओवादी होइन।
– रेखा थापा, नायिका
बल्ल थाहा पाउनुभयो ?
हेलिकप्टर चार्टर्ड गरिदिनेका अगाडि हामी फिक्का भएछौं।
– रामकुमारी झाँक्री, नेतृ
त्योभन्दा अघिचाहिं कति गाढा हुनुहुन्थ्यो र
साभारः कान्तिपुर साप्ताहिक