बागमती अंचल आयुर्वेद औषधालयको आयोजनामा जनप्रतिनिधि एबं पत्रकारहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागमती अंचल आयुर्वेद औषधालयको आयोजनामा जनप्रतिनिधि एबं पत्रकारहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन १८ । “स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगको उपचार” भन्ने आयुर्वेदको मूल उदेश्यका साथ बागमती अंचल आयुर्वेद औषधालयको आयोजनामा  जनप्रतिनिधि एबं पत्रकारहरुलाई  आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण एक दिने कार्यक्रम सम्पन्न  भएको छ ।

बागमती प्रदेस सभा सदस्य नरोत्तम बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबं वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुंगाना, काठमाडौं महानगरपालिका वडा नं. ७ वडा अध्यक्ष सुद्ध कुमार डंगोल, काठमाडौं महानगरपालिका वडा नं. ७ वडा सदस्यहरु निर्मला पुडासैनी, कृष्णमणि भट्टराई, कृष्ण प्रसाद घिमिरे लगायत  काठमाडौं महानगरपालिका वडा नं. ८ वडा  सदस्य र बिभिन्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

जनप्रतिनिधि एबं पत्रकारहरुलाई  आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण एक दिने कार्यक्रममा बोल्दै बागमती प्रदेस सभा सदस्य नरोत्तम बैद्यले आफ्नो पुस्ताले आयुर्वेद सेवा प्रदान गर्दै आएको स्मरण गर्दै आफुले बागमती अंचल आयुर्वेद औषधालयलाई  काठमाडौं महानगरपालिका वडा नं. ८ मा राख्न लगाएको बताउदै एक सुबिधा सम्पन्न आयुर्वेद अस्पताल बनाउने आफ्नो पनि परिकल्पना भएको हुँदा  पशुपति विकास कोषको ५६४ रोपनी जग्गा मध्ये बाट ८,१० रोपनी जग्गाको पहल गर्ने कार्यमा आफु सधै तयार रहेको र प्रदेशको तर्फबाट गर्नुपर्ने सहयोगको लागी पनि आफुलाई बताउन आग्रह गरे।

कार्यक्रममा बोल्दै  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबं वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुंगानाले स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहित  आयुर्वेद  चिकित्सालाई जनताका माझमा पुर्याउन आफु र गोकर्णेश्वर नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउदै हाल  वडा नं. ८ मा मासिक आयुर्वेद सेवा प्रदान गर्दै आएको र आयुर्वेद  चिकित्सालाई गोकर्णेश्वर नगरपालिकामा नगर आयुर्वेद अस्पताल रुपमा बिकाश गरिने बताए।

कार्यक्रममा बोल्दै  काठमाडौं महानगरपालिका वडा नं. ७ वडा अध्यक्ष सुद्ध कुमार डंगोलले आयुर्वेद नेपालको मौलिक र राष्ट्रिय चिकित्सा पद्धति भएपनि अहिलेको पुस्तामा यसको बारेमा जनचेतना र  प्रचारप्रसार अति आवश्यक रहेको बताउदै आयुर्वेद  चिकित्सालाई प्रवर्द्धन र संचालन गर्ने कुरामा काठमाडौं महानगरपालिका वडा नं. ७ र आफु सधै सहयोग गरिरहने बताए ।

जनप्रतिनिधि एबं पत्रकारहरुलाई  कार्यक्रमको उदेश्य  र आयुर्वेद सेवा सम्वन्धि  प्रस्तुतीकरण गर्दै बागमती अंचल आयुर्वेद औषधालयकी डा.अन्जु कार्कीले  बागमती अंचल आयुर्वेद औषधालयले प्रदान गर्दै आएको नियमित नि :शुल्क स्वास्थ्य परीक्षण, नेपाल सरकार  चिकित्सा विभागबाट निर्धिष्ट अत्यावश्यक  आयुर्वेद औषधिहरु नि :शुल्क वितरण, नसर्ने रोग व्यवस्थापनको लागी सहरी किल्निक,जेष्ठ नागरिकका लागी स्वास्थ्य सेवा प्रवर्द्धन, ६ महिना सम्मको सुत्केरी आमालाई मातृशिशु सुरक्षार्थ दुधवर्धक आयुर्वेद औषधी वितरण अभ्यंग, स्वेदन, शिरोधरा,योग शिक्षा  आदि  स्वास्थ्य सेवा सम्वन्धि कार्यक्रमका बारेमा  जानकारी गराउदै आयुर्वेद चिकित्सालाई वैकल्पिक रुपमा मात्र नहेरी रोग लागे पछि नै स्वास्थ्य परीक्षण गर्न आग्रह गरिन।

२००८ सालमा  काठमाडौंको फर्पिङमा स्थापना भएको आयुर्वेद औषधालय २०५८ सालबाट काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा स्थान्तरण भएको र जिल्ला स्तरीय स्वास्थ्य केन्द्रको हैसियतमा सेवा प्रदान गर्दै आएको र हाल बागमती प्रदेश अन्तर्गत भएकोमा  स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहित आयुर्वेद  चिकित्सालाई जनमानसमा आकर्षण बढाउने उदेश्यका साथ बागमती अंचल आयुर्वेद औषधालयले समय समयमा यस किसिमका कार्यक्रम गरिने गरिएको र काठमाडौं महानगरपालिका वडा लगायत अरु नगरपालिकाका वडाहरुको साथै सामजिक संघसंस्था संग मिलेरपनि आयुर्वेद औषधालयकाले स्वास्थ्य परीक्षण लगायत कार्यक्रम गर्न सकिने कर्मचारी एबं कार्यक्रम संचालक रबिन्द्र भट्टराईले बताए ।

 

तपाइँको प्रतिक्रिया ।