एसियन एक्सिलेन्स अवार्डबाट तेजु नेपाल भारतमा सम्मानित

कपन अनलाइन

काठमाडौं ,फागुन १३।बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल भारतमा सम्मानित भएका छन्।

भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित गरेको हो ।

उक्त कार्यक्रम २३ फ्रेब्ररी २०२० मा सम्पन्न भएको थियो  ।उनले परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४०० भन्दा बढी स्कुलमा अवाकस शैक्षिक प्रणाली मार्फत करिब १ लाख विद्यार्थीहरु शिक्षा हाशिल गर्न सफल भएका छन् । अवाकस शैक्षिक प्रणालीले एकपटक पढेकाे ,लेखेकाे ,देखेकाे ,सुनेकाे कुरालाई पछिसम्म सम्झन सहयाेग पुर्याएकाले स्कुल सञ्चालक र अभिभावक पनि अत्यन्तै खुसिरहेकाे जनाएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएकाले यसलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलहरुले पठन पाठन गराउदै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।