शक्ति समुहको संचालनमा आत्मरक्षाको तालिम सम्पन्न

शक्ति समुहको संचालनमा आत्मरक्षाको तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन १०।

आपतकालिन अवस्थामा कसरी आफुलाई सुरक्षित राख्ने  मुख्य उदेश्यका  साथ  काठमाडौंमा मानववेचविखन प्रभावित तथा हिंसा प्रभावित र मनोरन्जन क्षेत्रमा कार्यरत किशोरी महिलालाई शक्ति समुहले संचालन गरेको  आत्मरक्षाको तालिम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अथिति बरिष्ठ प्रहरी उपरीक्षक  किरण बज्राचार्य  रहको कार्यक्रममा  ४० जना तालिमको सहभागीहरुलाई प्रमुख अथितिले प्रमाणपत्र वितरण गरेका थिए ।

गर्नुभएको थियो र  समापन कार्यक्रममा प्रमुख अतिथिले कसरि आफुलाई सुरक्षित राख्ने भन्ने बिषय सबैले जान्न जरुरि रहेको बिचार राखेका थिए भने  कार्यक्रममा सहभागीहरुले आत्मा रक्षाको नमुना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल डिफेन्स संघकी   संजु महर्जन एंव राधिका ऐर हमाल तथा शक्ति समूहका कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले आफ्नो मन्तव्य राखेका थिए ।

समारोहको अध्यक्षता  चरिमाया तामाङले गरेकी थिइन्  भने संचालन  दिलीप कोइराला गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।