वडा अध्यक्षहरुको हर्कतले चम्पादेवी अध्यक्ष केसी हैरान ,पछिल्लो प्रकरणमा के भन्छन सुरेस थापा ?

वडा अध्यक्षहरुको हर्कतले चम्पादेवी अध्यक्ष केसी हैरान ,पछिल्लो प्रकरणमा के भन्छन सुरेस थापा ?

कपन अनलाइन

ओखलढुंगा ,फागुन ९।

चम्पादेवी गाउँपालिका ओखलढुंगाका अध्यक्ष नवराज केसी आफ्नै वडा अध्यक्षहरुका काण्ड र विवादास्पद गतिविधिले गर्दा तनावमा परेका छन।

गाउँपालिकाको गरिमा र शानको प्रवर्धन र विकास गर्नुपर्ने महत्वपूर्ण दायित्व बोकेर जनताको मत बाट निर्वाचित वडा अध्यक्षहरु नै पटक पटक विवादमा आउदै संचार माध्यममा छाउदा गाउँपालिकाको गरिमा घटेकोमा  स्थानीय जनताहरु पनि निकै दुखित बनेको एक स्थानीय शिक्षक बताउछन ।

कहिले वडा अध्यक्षहरु कुटाकुट गर्ने ,कहिले वडा अध्यक्षले आफ्नै गाउँमा रामधुलाई भेट्ने ,कहिले वडा अध्यक्ष मदिरामा लट्ठिएर कार्यालय जाने , कहिले जनप्रतिनिधिहरु नै सार्वजनिक आरोप प्रत्यारोपमा उत्रने जस्ता अप्रिय घटनाको शाक्षी बनेका अध्यक्ष केसी पछिल्लो पटक अर्का वडा अध्यक्षलाई जोडेर संचार माध्यममा समाचार प्रकासित भए पछी झन् तनावमा परेका छन ।

यसैको पछिल्लो कडीका रुपमा चम्पादेवी गाउँपालिका वडा नं ७ का अध्यक्ष सुरेस थापाको नाम जोडिएर एक संचार माध्यममा समाचार प्रकासित भए पछी गाउँपालिकाको माहोल  तातेको छ।

चम्पादेवी गाउँपालिकाको  वडा  नं ३,५,७ अन्तर्गत पर्ने चित्रे आत्मारा, च्यानडाडा फुलबारी हुदै दम्सेखोला जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नतिका लागि आथिक बर्ष ७५/७६ मा प्रदेश सरकारको ससर्त अनुदान अन्तर्गत गाउँपालिकाद्वारा बिनियोजित रकम पचहतर लाख मध्ये अन्तिम किस्ता रकम बीस लाख थापाको खातामा जम्मा भएको भन्दै सगरमाथा कन्टर्क्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक अनिल कार्कीले गाउँपालिका कार्यालयमा निवेदन दिए संगै यो विषयले चर्चा पाएको छ।

यस विषयमा के भन्छन वडा अध्यक्ष सुरेस थापा ?

अन्तिम किस्ता रकम बीस लाख थापाको खातामा जम्मा भएको समाचार बाहिरिए संगै थापा संग सम्पर्क गर्दा उनले यो राजनीतिक पूर्वाग्रह मात्रै भएको प्रतिक्रिया दिएका छन ।

प्रदेस सरकारको ससर्त अनुदानमा आएको रकम छत्र बहादुर कार्की अध्यक्ष रहेको समितिको खातामा जम्मा भएको र त्यसै बाट प्रयोग हुदै आएको बताउदै थापाले समितिकी कोषाध्यक्ष माया तामांगले अन्तिम किस्ता निकासीको वेलामा  हस्ताक्षर गर्न नमाने पछी रकम आफ्नो खातामा जम्मा भएर तत्काल सम्बन्धित पक्षलाई भुक्तानी दिएको बताए।

सगरमाथा कन्टर्क्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक अनिल कार्की गत स्थानीय निर्वाचनमा पुर्व ए माओवादी बाट उम्मेदवार बनेको र अहिले नेपाली कांग्रेस प्रवेस गरेको बताउदै थापाले पछिल्लो प्रकरण मात्र राजनीतिक चरित्र हत्याको कमशल प्रयास रहेको संक्षिप्त प्रतिक्रिया दिए।

यस विषयमा के भन्छन गाउँपालिका  अध्यक्ष नवराज केसी ?

यस विषयमा प्रश्न राख्दा आफ्ना वडा अध्यक्षहरुका कारण हैरान भएको बताउदै अध्यक्ष केसीले यस विषयमा कार्यपालिकाको बैठकमा छलफल गर्दा  वडा अध्यक्ष थापाले रकम जम्मा गरेको स्वीकार गरेको र उक्त रकम त्यो कन्ट्रक्सन कम्पनीलाई भुक्तानी दिएको जानकारी गराएको बताए।

गाउँपालिकामा संचालनमा रहेका योजनाको भुक्तानीका सम्बन्धमा आफुले सबै उपभोक्ता समितिलाई विधि सम्मत ढंगले गर्न निर्देशन दिएको बताउदै अध्यक्ष केसीले यो विषय निवेदन परे पश्चात न्यायिक समितिमा पनि छलफल भएको जानकारी दिए ।

यो विषयले आफुलाई गम्भीर बनाएको भन्दै अध्यक्ष केसीले यसका वारेमा अध्ययन भैरहेको र सत्यतथ्य चाडै जनतालाई जानकारी गराउने बताए ।

सानो मुद्दा उठने वितिकै  एक अर्काको चरित्र हत्या गर्ने गलत प्रचारवाजी गर्ने मनोरोग बाट ग्रसित चम्पादेवीको प्रवृतिको अर्को प्रकरणको नाटकीय  मन्चन भैरहदा यसले यदुवंशी लडाइको सम्झना गराएको एक स्थानीयले बताए ।

“आफ्नो धोति उचालेर मुख छोप्दै अरुलाई कुरी कुरी “  गर्नेले आफ्नै इज्जत सत्यनास बनाए झैँ चम्पादेवीमा पनि जनप्रतिनिधि त्यहि स्तरमा पुगेकोमा आक्रोस व्यक्त गर्दै पवित्र चम्पादेवी माताको नामले भन्दा पनि काण्डहरुले आफ्नो थात थलो चिनाउन थालेकोमा निकै दुख लागेको काठमाडौं बसोवास गर्दै आएका समाजसेवी खेम मिश्रले बताए।

केहि समय अगाडी पनि गाउँपालिकाका एक वडा अध्यक्षले अर्का वडा अध्यक्ष विरुद्ध मुद्दा हालेर नकारात्मक चर्चा कमाएको चम्पादेवी गाउँपालिकाको आगामी दिन पनि यस्तै सस्ता प्रचारबाजीमा बित्ला भन्ने डर भएको एक बुद्दिजीवीको अनुमान रहेको छ। एक ले अर्काको लुगा च्यातेर नांगेझार पार्ने खेलका खेलाडी अर्को पटक कसरि जनताकोमा भोट माग्न आउलान उनले गम्भीर प्रश्न गरे ?

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।