कागेश्वरीलाई धार्मिक पर्यटकीय स्थल बनाउने प्रयासमा छौं : नगरप्रमुख कृष्णहरि थापा

कागेश्वरीलाई धार्मिक पर्यटकीय स्थल बनाउने प्रयासमा छौं  : नगरप्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं ,फागुन ८ । पाँचौ कागेश्वरी  पर्यटन महोत्सब २०७६ सम्पन्न  भएको  छ ।बागमती प्रदेश सरकार, कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा बुधबार उक्त महोत्सब  सम्पन्न  भएको  हो  ।

उक्त  कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा  नगरपालिकाका  नगर  प्रमुख  कृष्णहरि  थापाले बागमती  प्रदेशले भिजिट नेपाल  २०२०  उपलक्ष्यमा कागेश्वारी  नगरपालिकामा   आयोजना  गरेको  कार्यक्रमको  लागि  धन्यवाद  दिंदै  उनले  भने कागेश्वरी मनोहरा नगरपालिका वडा नं १  साबिक  गागल फेदी लाई  धार्मिक स्थलको  रुपमा  निर्माण  गर्न  लागिएको बताए  ।

वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री रामेश्वर  फुयाँलको  अगुवाइमा   २  हजार  किलो धातुको  कागको मुर्ति  निर्माण  हुन्  गइरहेको  छ। यसलाई  सहिद पार्कमा  राखिने  भएको  छ ।यो  कागको  मुर्ति   विश्वकै   ठुलो  हुनेछ । एतिहासिक  कागेश्वरी धाममा  भाद्र  अष्टमीको दिन कागे   मेला  लाग्ने गर्दछ  ।

कागेश्वरि  हुँदै चिसापानी  देखि  गोसाईकुण्ड  सम्म  जाने  बाटो  भएकोले त्यसको  लागि   अध्ययन  गरी   डिपी आर  तयार  भइरहेको  उनले  जानकारी  गराए   । महोत्सब  गरिएको स्थल   नजिकै  १ सय  रोपनी  जग्गामा  सेमिनार  हल सहित  र पार्क   बनाउने  योजना रहेको  बताए  । आगामी  कागे  अस्टमी  दिन  सम्म  केहि  पूर्वाधार निर्माण  गर्ने  योजना  रहेको  छ  उनले  भने ।

कागेश्वरी  धाम  बनाउन ६ करोडको  डीपीआर  तयार  भएको  छ । यसको लागि  जनप्रतिनिधि  तथा  स्थानीय  जनताले  सहयोग  गर्नु हुने  छ  भन्नेमा  आफु  बिश्वस्त  भएको  बताए । यस  ठाउँलाई  धार्मिक  पर्यटकीय  स्थल को  रुपमा  विकास गर्ने योजना  रहेको  बताए ।

 

तपाइँको प्रतिक्रिया ।