पाँचथर  तुम्बेवा  – १ का बिनोद  कार्कीद्वारा आर्थिक सहयोगको अपिल

पाँचथर  तुम्बेवा  – १ का बिनोद  कार्कीद्वारा आर्थिक  सहयोगको  अपिल

कपन अनलाइन

काठमाडौं, फागुन ६   ।पाँचथर  तुम्बेवा  – १ निवासी  बर्ष  ३४  का  बिनोद  कार्कीले  आर्थिक सहयोगको  अपेक्षा गरेका छन्। उनका  दुवै  मृगौला  फेल  भई  १४ महिना  देखि शिक्षण  अस्पताल महाराजगंजमा   उपचार  गराइरहेका  छन् ।

लामो  उपचार  पछि  मृगौला  प्रत्यारोपण  गर्न सम्भब भएको  तर  उनको र परिवारको   आर्थिक  अवस्था  कमजोर   भएको  कारण आर्थिक संकट  परेको  हुँदा   जटिल रोगको  उपचार  र उनको जीवन बचाउनको  आर्थिक  सहयोग गरि दिन लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५१ का  चिफ काउन्सिलर हरि दाहाल र जाेन चियर पर्सन अच्युत बिष्टले  लायन नन लायन  लगायत देश विदेशमा बस्ने नेपाली दाजुभाईहरुलाई  अनुराेध गरेका छन्  । उनलाई सहयोग  गर्नका  लागि  बिनोद  कार्कीका नाममा  रहेको  सानिमा बैंक लि महाराजगंज काठमाडौँको  खाता  नं ०४६०००००३३०१२ मा सहयोग  गर्न  सकिनेछ  ।

तपाइँको प्रतिक्रिया ।