सीमा विवादको लागि भारत तत्पर छ : भाजपा नेता डा. दिनेश उपाध्याय

सीमा विवादको लागि भारत तत्पर छ : भाजपा नेता डा. दिनेश उपाध्याय

कपन अनलाइन

काठमाडौं,फागुन ४। भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपालमा मिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपाल सँगको सीमाविवाद समाधानको लागि जहिल्यै पनि तत्पर रहेको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमाविवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीचकुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने,‘यदि सानातिना विवाद भए हामीआपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’
आयुष मन्त्रालयका बोर्ड सदस्य समेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमाआपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्यपनि राम्रो काम होईन् । तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागत योग्य कुरा हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपाल स्वर्गद्धार र देवताहरुको पवित्रभूमी भएको उल्लेख गरे । उनले भने,‘पूरै विश्वमा नेपालएक मात्रै त्यस्तो देश हो, जो कसैको गुलाम बन्नु परेन र भएन । हामीलाई थाहा छ यो गुलामी हुँदाको पीडा र सजाय, यो मैले नेपाल र नेपालीहरुलाई प्रभावित गर्नको लागि बोलिरहेको छैन्, यो सत्य कुरा हो । नेपाल त पूरा विश्वको शीर हो । टोपी हो ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वाबंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए । ‘यो धर्ती रहुञ्जेल सम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यै पनि समाप्त गर्न सक्दैन्’–उपाध्यायले भने ।
नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमात्यस्तो भए नेपालमा पनि असर पर्ने पनि सुनाए । उनले भने,‘यदि कुनै एक देशमा लाभ भए त्यसको लाभ अर्को देशमा पनि पर्छ ।’उनले भारतबाट नेपाललाई कहिल्यै पनि हानी नभएको विश्वास दिलाए । उनले थपे,‘अहिलेसम्म भारतबाट नेपाललाई कुनै हानीभएको छैन, र भोलिका दिनमा पनि हुने  छैनन् ।’
उनले सनातन धर्मालम्वीहरु सनातनभएर बाँच्नपाउनुपर्ने र सनातनधर्म भएर नै मर्न पाउनुपर्ने पनि तर्क गरे । उनले भने,‘यो हाम्रो संस्कृतिहो । तर, विश्वमा सनातन भन्दा पनि मानवताको धर्म ठूलो छ । यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ ।’ उनले नेपाल प्राकृतिक रुपमा पनिअत्यन्तै सुन्दर रहेको सुनाउँदै यहाँआएर दुई चार दिन बस्दा सबै तनाव दुर हुने पनि स्पष्ट पारे । उनले भने,‘यहाँ बसेपछि कुनै मेडिसिनको जरुरत पर्दैन् । यहाँको हावा, पानी सबै स्वच्छ छ । वातावरण पनि राम्रो छ ।’
पत्रकार ऋषिधमलाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमीभएको सुनाउँदै भारतीय सेनाकहिले फिर्ता हुन्छ भनेर सोधेको प्रश्नमाउनले भने,‘यो विषयलिएर तपाई भारत आउनुहोस् ऋषिजी, म भारतीय सरकारी अधिकारीसँग कुरा गराउँछु । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी मात्रै निर्णायक हुँदैनन्, हाम्रो त संगठन सर्वेसर्वा हुन्छ ।’
उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरे। उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउन गलत हो, जसले यस्तो गराउँछ उनीहरुलाई मृत्युदण्ड दिनुपर्छ । नेपाल सनातनधर्म हुनुपर्छ ।

तपाइँको प्रतिक्रिया ।