टोखा नगरपालिकाको छैठौ नगर सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ फागुन ४। टोखा नगरपालिकाले छैठौ नगर सभा सम्पन्न गरेको छ। टोखा नगर पालिका वडा नं ८ को सभा हलमा सम्पन्न उक्त नगरसभाको अध्यक्षता टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले गरेका थिए भने सो सभामा टोखा नगरपालिकाकी उप प्रमुख ज्ञान माया डंगोल प्रमुख प्रसशाकीय अधिकृत प्रदिप पौडेल टोखा नगरपालिका शिक्षा शाखा प्रमुख कार्यपालिका सदस्यहरु वडा अध्यक्षहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको सो नगर सभामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रसशाकीय अधिकृत प्रदिप पौडेलले स्वागत मन्तब्य सहित कार्यक्रम को उदेश्य माथी प्रकाश पारेका थिए।
छैठौ नगरसभामा नगर प्रमुख प्रकाश अधिकारीले एजेन्डा प्रस्तुत गरेका थिए ।उनले महान शहिदहरुलाई स्मरण गर्दै उनीहरुको त्याग बलिदान र नेपाली जनताको संघर्षका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र जान सफल भएको पनि बताए। उनले नगरवासीको भावनालाई आत्मसाथ गरेर नगर र नगरवासीको सम्वृद्धि र सु-स्वस्थ्य नगर कसरी विकास हुन्छ त्यसमा आफु लागिपरेको बताए। साढे दुइ बर्षको अवधिमा जति पनि विकासका काम तथा गतिबिधि भए त्यसमा जनताको ठुलो योगदान रहेकोमा कृतज्ञता प्रकट गरे ।टोखा नगरपालिका नगरवासीको ऋणी भएको र त्यो ऋणको सम्बृद्ध नगर बनाउन सके मात्र चुक्ता हुने उनले बताए।
त्यो महान अभियानमा टोखा नगरपालीका अगाडि बढेको बताए। उनले बाँकि २ बर्ष सम्ममा विकास निर्माणको गतिविधिले छलांग मर्नेछ भन्ने विश्वासका साथ् अगाडी बढिरहेको बताए । उनले चालुआ.ब २०७६/०७७ बार्षिक नगर विकासको नगर योजना तथा विकासका कार्यक्रम २०७६/७ / १० गते नगरपालिकामा पेश गर्दै २०७६ असार २४ गते सबैको सर्वसंम्बतमा पास गरी नगरपालिकाको कार्यलयलाई सो को बिनियोजन एन अनुसार विनियोजित भएको १ अर्ब १९ करोड ५० लाख ४६ हजार खर्च देख्ने गरी खर्चको अक्तियारी नगर प्रमुख भएको नाताले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाइ दिई हालसम्म सोहि बजेट तथा खर्च अनुसार कार्यन्वयन हुँदा आएकोमा ५ औं नगरसभाको म्यान्डेट अनुसार देखि ७ पटक कार्यपालिकाको बैठक बसी बैठकले आबश्यक योजना निर्माण तथा विकासका लागि बजेट बिनियोजन कार्यन्वयन गरी ल्याउदा गर्दा चालु आ.ब २०७६/७७ का लागि पुरक बजेट मार्फत उक्त कार्यक्रमलाई सम्बोधन गरी पारित गर्ने कानुनी दायित्व रहेकोले नेपालको सबिधानको धारा १२१ मा लेखेको ब्यबस्था स्थानीय आबश्यकता तथा सबैको सल्लाहबाट यो पुरक बजेट ल्याउने अबस्थामा पुगेको छ ।
५ औं नगर सभा पारित गर्दै गर्दा कुल बजेट १ अर्व २९ करोड ५८ लाख ९७ हजार बिनियोजन गरेकोमा हाल पुरक बजेट १अर्व ४६ करोड ९ लाख ८५ हजार राजस्व तथा अन्यमा थप हुन् गएको बताए उनले २०७६ मसान्त सम्म कार्यन्वयनमा गईसक्ने गरि आ-आफ्नो वाडामा बिनियोजन भएका कार्यकमलाई बजेट सहित कार्यन्वयनमा लाग्न आग्रह गरेका थिए । चालु.आ.ब का योजनाहरु कार्यन्वयनका चरणमा रहेको जानकारी दिदै जसले गर्दा यस आ,ब.का अन्त्यसम्म तल उल्लेखित योजनाहरु कार्यन्वयन चरणमा रहने समेत बेहोरा जानकारी गराए।
नगर सभामा राखेका प्रस्तावहरु
- २०७६/०७७ चालु आर्थिक बर्ष सम्ममा नगर कार्यपालिको बैठकबाट निर्णय भएका योजनाहरुलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ।
- २०७६/ ०७७ का लागि मिति २०७६/३ २४ मा भएको पाँचौंनगरसभाबाट निर्णय भएका थप योजना कार्यन्वयन गर्नु पर्ने स्थिति श्रीजित भएकोले पुरक बजेट खर्च गर्न पाउ भन्ने सन्दर्भ।
- २०७६/०७७ चालु आर्थिक बर्ष हालसम्म भएको नगरप्रमुख को तोकादेश अनुसार भएका खर्चहरु विभिन्न कोषलाई खर्च गर्ने भन्ने प्रस्ताव।
- नगरपालिकाको कर्मचारीको तलब भत्ता वृद्धि गर्ने भन्ने सम्बन्धमा/ समान रुपमा आगडि बढ्नको लागि जीवन धान्नको लागि करारका कर्मचारीको तलब/ भत्ता वृद्धि सम्बन्धि।
- नगरपालिका बिस्तृत परियोजना प्रस्ताव तयार भएका वडा कार्यलय नं ९ र ११ का वडा भवन पक्रियालाई अगाडी बढाउने सम्बन्धि।
कार्यक्रममा टोखा नगरपालिकाकि उप प्रमुख ज्ञान माया डंगोलले विकास निर्माण लगायत हाल सम्म भएका कामको बिवरण तथा समिक्षा प्रस्तुत गरेकी थिइन् ।कार्यक्रममा कार्यपालिका सदस्यहरुले आ आफ्नो राय प्रस्तुत गरेका थिए ।