एपिएफ र पुलिसबीचको खेल फाइनल सरह

एपिएफ र पुलिसबीचको खेल फाइनल सरह

कपन अनलाइन

काठमाडौँ, माघ २९। विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको लिग चरणको अन्तिम खेल १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ ।
मंगलबार यि दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै उपाधि सरह हुने भएको हो । बुधबार हुने खेलमा जित हात पार्ने टोली १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बन्नेछ । खेल दिउँसो १ बजेपछि हुनेछ । त्यसअघि त्रिभुवन आर्मी क्लब र  होङ्ग्वान्जी न्यु  डायमन्ड स्पोर्टस् क्लबबीच बिहान ११ बने प्रतिस्पर्धा हुनेछ ।
दोस्रो लिगमा चौथो चरणको खेल सकिदा अपराजित रहेको एपिएफले १३ खेलबाट ३८ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । एपिएफसँग नै पराजित भएको पुलिसको समान खेलबाट ३७ अंक छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय खेलमा एपिएफले २५–१९, २५–१९ र २५–२१ को जित निकाल्यो । अर्काे खेलमा पुलिसले डायमन्डमाथि २५–२२, २५–१९ र २५–८ को सहज जित निकाल्दै उपाधि दावेदारितालाई यथावत राख्न सफल भयो । एपिएफसँग पराजित हुनुअघि आर्मीले बुलबुले रारा भलिबल क्लबमाथि २५–१०, २५–१६ र २५–७ को सहज जित निकालेको थियो ।
आर्मीले १३ खेलबाट २७ अंक जोडेको आर्मीले तेस्रो तथा समान खेलबाटै २२ अंक जोडेर डायमन्डले चौथो स्थान हासिल गरेको छ ।
चितवन टाइग्रेसले १८ अंक जोडेर पाँचौ तथा १३ अंक जोडेर बुलबुले रारा भलिबल क्लबले छैटौ स्थान हासिल गर्यो  । पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुलले ४५ हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार रुपैया तथा चौथौले ७५ हजार रुपैया हात पार्नेछ ।
देखि छैटौ सम्मले क्रमश ७५ हजार, र ३५ हजार रुपैया पाउनेछन् ।
गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक–एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।

तपाइँको प्रतिक्रिया ।