मानवसेवा आश्रमका लागि समाज सेवी भुवन आचार्यले एक लाख बरावरकाे औषधी हस्तान्तरण

मानवसेवा आश्रमका लागि समाज सेवी भुवन आचार्यले एक लाख बरावरकाे औषधी हस्तान्तरण
कपन अनलाइन
काठमाडौं, माघ २८  ।  युवा नेता तथा समाज सेवी भुवन आचार्यले एक लाख बरावरकाे मानवसेवा आश्रमलाई औषधी हस्तान्तरण गरेका छन् ।
युवा नेता आचार्यले आफ्नाे शुभ जन्मोत्सवको अवसरकाे दिनकाे खुशीयालीकाे उपलक्ष्यमा मानव सेवा आश्रमलाई एक लाख वरावरकाे औषधी हस्तान्तरण गरेका हुन् ।
अनेरास्ववियुका नेता भुवन आचार्यले मानवीय सेवामा थप सहजीकरण प्रदान गर्ने उद्देश्यका साथ मानव सेवा आश्रममा आफुले सहयोग गर्न पाउँदा गाैरवकाे अनुभुति महशुस भएकाे बताए । युवा समाज सेवी तथा युवा नेता आचार्यले भने,” सेवानै मानवताकाे बलियाे आधार हाे,हामीले हातेमालो गर्दै समाजमा भएका समस्या समाधानका लागि सवै मिलेकाे खण्डमा समाज सेवाकाे वाटाेवाट समाजलाइ समृद्धि र विकासका कासकाे वाटाे तर्फ उन्मुख गराउन सक्छाै ।” युवा समाज सेवी आचार्यले विभिन्न क्षेत्रमा विभिन्न माध्यम वाट सामाजिक क्षेत्रमा कृयाशिल रहदै सहयाेग गर्दै आईरहेका छन् ।
उनले बिगतमा पनि मानव सेवाका लागि सहयाेग प्रदान गरिसकेका छन् । उनले प्रदान गरेकाे एक लाख वरावरकाे विभिन्न किसिमका औषधी हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बाेल्दै पुर्व अनेरास्ववियुका पुर्व उपाध्यक्ष महेश बर्तालाले समाजका हरेक नागरिकहरूमा सामाजिक चरित्र निमार्ण गर्न र समाजका हरेक गतिविधिमा सरिक हुन आह्वान गरे । उनलेे बेसाहारा जिवनलाई नयाँ आयाम दिन सवै युवाहरूकाे साथ र सहयोग अपरिहार्य रहेकाे उनको भनाई छ ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले एउटा मानवले अर्काे मानवलाई मानवताकाे भावनाकाे बिकास पैदा गराउनुनै सार्थक जिवनकाे नमुना प्रर्दशन गराउने माध्यम भएकाे बताए ।
मानव सेवा आश्रम पछिल्लो समय साहारा विन बेसाहाराहरूकाे आश्रय स्थल बनी सकेकाे छ । राजधानी लगायत देशका हरेक जिल्ला जिल्लामा मानव सेवा आश्रमका शाखाहरू सञ्चालन हुँदै आएका छन् । इन्द्रियको आदेश होईन मनको पुकार सुन्न सक्नुपर्छ आफ्नो लागि त जो कोहिले पनि अरुको लागि पनि केही गर्न सक्नुपर्छ भन्दै आश्रम मानवताका लागि निस्वार्थ सेवामा तलिन रहदै आएकाे छ ।
सडक मानव मुक्त समाज निर्माण अभियानमा जनस्तरबाट पनि सहयाेग प्रदान गर्ने काम भईरहेकाे छ ।
फोटो सौजन्य : रोशन दानी
तपाइँको प्रतिक्रिया ।