श्रम मन्त्री रामेश्वर राय यादव र गणतन्त्र कोरियाका राजदुतबीच शिष्टाचार भेट 

श्रम मन्त्री रामेश्वर राय यादव र गणतन्त्र कोरियाका राजदुतबीच शिष्टाचार भेट 

कपन अनलाइन

काठमाडौं, माघ २८  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदुत मिस्टर पार्क योङ्सिकबीच शिष्टाचार भेट भएको  छ  ।

सोमबार भएको उक्त  भेटमा नेपाल सरकार  र गणतन्त्र कोरिया बिचको सम्बन्धको  विभिद आयामबारे छलफल गरिएको थियो   ।

दक्षिण कोरियाली राजदूत पार्कले कोरियामा  रहेका  नेपाली श्रमिकहरुले  गरेको  कार्यको  प्रशंशा गर्नुका  साथै  इपिएस भाषा परीक्षालाई थप मर्यादित  तथा ब्यबस्थित गर्न कम्प्युटरमा आधारित परिक्षा (CBT  ) संचालन  गर्नको  लागि पूर्वाधार छिटो  सम्पन्न हुने अपेक्षा व्यक्त गरे  ।

उक्त  भेटघाटमा मन्त्री यादबले  दक्षिण  कोरियामा रहेका नेपाली श्रमिकको मनोबल बढाउन र कामप्रति अझ प्रेरित गर्न पेन्सनको व्यवस्था गर्न सुझाव दिए।

कोरियाली राजदुत योङ्सिकले नेपाली कामदारमा आत्महत्याको दर बढेको भन्दै दुख व्यक्त गरे। पारिश्रमिक बढाउने र आफन्तसँगको भेटघाटलाई सहज बनाएर आत्महत्या दर घटाउने सरकारको योजना रहेको उनले बताए।

मन्त्री यादबले कोरियाका लागि नेपाली कामदारको कोटा बढाउन पनि आग्रह गरेका छन्।

तपाइँको प्रतिक्रिया ।