पोर्न स्टार भन्दा आपत्ति छैन : सन्नी लियोन

(एजेन्सी)–बलिउडमा प्रवेश गर्नुपूर्व सन्नी लियोन अमेरिकी पोर्न फिल्मको एक चिरपरिचित नाम थियो ।

अहिले अब उनी हिन्दी फिल्महरुमा काम गर्न थालिसकेको अवस्थामा के उनलाई आफ्नो पुरानो छविका कारण केहि समस्या भएको होला त ?

यसको जवाफमा सन्नी लियोन भन्छिन्,‘मलाई आफ्नो छविसँग कहिले पनि केहि पनि समस्या भएको छैन । म सधैँ आफ्नो साथमा निकै सजिलो महसुस गर्दछु । मानिसहरुले तपाईंको बारेमा तपाईंले यस्तो गर्नु पर्ने उस्तो गर्नु पर्ने भनेर टिप्पणी गर्ने गर्दछन् । तर म यस्तो कुराको वास्ता नै गर्दिनँ र त्यहि गर्छु जुन मलाई राम्रो लाग्दछ ।’

सन्नीले आफ्नो आउँदो फिल्म ‘ज्याकपट’ को बारेमा बीबीसीसँग कुराकानीको क्रममा यो भनिन् ।

‘म धेरै खुसी छु कि आफ्नो अहिलेसम्मको बलिउड करियरमा मैले अलग किसिमको भूमिका निभाएको छु । म कुनै पनि फिल्मको स्क्रिप्ट सुनेर निर्णय गर्ने गर्दछु । फिल्म छान्नमा मलाई मेरो श्रीमानले सुझाव दिने गर्दछन् । ’

तपाइँको प्रतिक्रिया ।