दोस्रो संस्करणको लिबर्टी कप सेभन ए साइड फुटबल प्रतियोगितामा आयोजक लिबर्टी र नेपालय छात्रा तर्फ अन्तिम ४ मा

दोस्रो संस्करणको लिबर्टी कप सेभन ए साइड फुटबल प्रतियोगितामा आयोजक लिबर्टी  र नेपालय छात्रा तर्फ अन्तिम ४ मा

कपन अनलाइन 

काठमाडौं, माघ २६ ।दोस्रो सँस्करणको लिबर्टी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज आइतबार तेस्रो दिन सम्पन्न खेलमा छात्रा तर्फ आयोजक लिबर्टीले वर्ल्ड युथ लाइ ४-० गोल अन्तरले हराई आफुलाई अन्तिम ४ मा सुरक्षित गरेको छ ।आजै भएको अर्को खेलमा नेपालयले अरुणोदयलाइ ३-० गोलले हराई आफुलाई अन्तिम ४ मा पुर्यायो । अब भोलि लिबर्टी र नेपालयल फाइनल यात्राको लागि एकआपसमा भिड्नेछन ।

अत्तरखेल शिवपुरी चोक स्थित खेल खेल मैदानमा जारि रहेको प्रतियोगिताको आज  सम्पन्न छात्रा तर्फको अन्य खेलहरुमा गोकर्ण लाइटले बिध्या सागरलाइ १-० गोलले, र जीवन ताराले टाईब्रेकरमा मनकामनालाइ २-१ गोलले हराई बिजयी यात्रा कायम राखे । छात्र तर्फ भने वर्ल्ड युथलाई टाईब्रेकरमा ३-० गोलले हराई भेनस पब्लिक क्वाटर फाइनल पुग्ने प्रथम टिम बनेको छ ।

निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेसी खेलको नजिता पेनाल्टी सुटआउट बाट गरिएको थियो ।छात्र तर्फको अन्य खेलमा नेपालयले हिमरश्मी लाइ २-० गोलले सहयोगीले स्वेत बाराही लाइ ३-० गोलले,तिरुपतिले त्रिकोणलाइ टाईब्रेकरमा ४-३ गोलले र आयोजक लिबर्टीले बिध्यासागर लाइ २-१ गोलले हराई बिजयी यात्रा कायम राखे ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ द म्याच घोसित गरिएको थियो। उनीहरुलाई लिबर्टी स्कुलका प्रन्सिपल ओम ढकाल, गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य लिबर्टी व्यवस्थापन समिति अध्यक्ष पुष्पा प्रधान ढकाल अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा लगायतले म्यान अफ द म्याचको मेडल प्रदान गरेका थिए  ।अत्तरखेल युवा समाजले संयोजन गरेको सो प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरि ३५ वटा बिद्यालयको छात्र तर्फ २७ र छात्रा तर्फ १४ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतिय हुनेले क्रमश नगद २० , १० र ५ हजार का साथै ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । खेल अबधी भर छात्र तथा छात्रा तर्फ बेस्ट प्लेयर , बेस्ट किपर र हाइ स्कोरर लाइ पनि ट्रफी तथा प्रमाणपत्र को ब्यबस्था गरिएको छ भने प्रतियोगिताको अन्तिम खेल माघ २८ गते  हुने आयोजक संस्थाका प्रिन्सिपल ओम प्रसाद ढकालले जानकारी गराए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।