एनसेल कपको क्वार्टरफाइनलका खेलहरु शुरु

कपन अनलाइनSoobaS10  मंसिर २५
काठमाण्डौमा जारी  NCELL CUP फुटबल प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु सोमबार देखि शुरु भएका छन् । पहिलो क्वार्टरफाइनलमा नेपाल आर्मी क्लवले हिमालयन शेर्पा क्लवलाई ५ – २ ले पराजित गरेको छ र सेमीफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । आजको क्वार्टरफाइनल खेलमा मच्छिन्द्र क्लव र संकटा क्लव भिड्ने छन् र अन्य खेलमा थी्रस्टार क्लव र ब्वाइज युनियन क्लव तथा मनाङ्ग मर्साङ्गदी क्लव र नेपाल पुलिस क्लव आमने–सामने हुनेछन् ।

NCELL CUP Quarterfinals

Nepal Army Club vs Himalayan Sherpa Club
Machhindra Club Vs Sankata Club
Three Star Club vs Boys Union Club
Manang Marshyangdi Club vs Nepal Police Club

प्रतियोगिताको विजेताले नगद रु १५ लाख उपविजेताले नगद रु ७ लाख प्राप्त गर्नेछन् भने प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकले जनही ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पौष २ गते त्रिपुरेश्वरस्थित रंगाशालामा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।