१९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको च्याम्पियन जेभियर र ज्ञान निकेतन

१९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको च्याम्पियन जेभियर र ज्ञान निकेतन

कपन अनलाइन

काठमाडौँ , माघ २३  / जेभियर इन्टरनेसनल कलेज र आयोजक ज्ञान निकेतन १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । जेभियर प्लस टु ब्वाइज तथा ज्ञान निकेतन स्कुलतर्फ ब्वाइजमा च्याम्पियन बने ।
प्लस टु फाइनलमा जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले पराजित गर्यो । जेभियरले फाइनल खेलेको यो लगातार चौथो पटक हो । अघिल्ला तीनै फाइनलमा जेभियर उपविजेतामा सीमित भएको थियो । जेभियरको जितमा लियुश केसीले १५ अंक योगदान गरे ।
दोश्रो क्वाटरको समाप्तिसम्म १७–२१ ले पछि परेको स्थितिलाई उल्ट्याउदै जेभियर उपाधि जित्न सफल भयो । जेभियर पहिलोमा १०–१३ र दोश्रोमा ७–९ ले पछि थियो । जेभियरले तेश्रोमा ८–५ र चौथोमा १२–७ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो ।
स्कुलको उपाधि डिभन्तमा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ६२–४३ ले हराउदै उपाधि रक्षा ग¥यो । ज्ञान निकेतनका विवेक यादवले १४ स्कोर गरे । पहिलो क्वाटरमा १३–१४ ले पछि परेको ज्ञान निकेतनले दोश्रोमा उत्कृष्ट प्रदर्शन गर्दै २५–५ अंक जोड्यो । ज्ञान निकेतनले तेश्रोमा १४–१२ र चौथोमा १०–१२ अंक जोड्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय लियुश र विवेक ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष होम दोङ, सचिव फणिन्द्रमान श्रेष्ठ, ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवर, संरक्षिका लीला कुँवर, प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर र ज्ञान निकेतनका को–ओर्डिनेटर सञ्जयजित कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा ज्ञान निकेतनका सुरुआतका प्रशिक्षक निरञ्जन सत्याललाई नगदसहित सम्मान गरिएको थियो । माघ १४ गतेदेखि सुरु प्रतियोगिताको प्लस टुतर्फ १६ तथा स्कुलतर्फ ८ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।