खाना जे होला स्वाद बढाउन कोका–कोला

खाना जे होला स्वाद बढाउन कोका–कोला

कपन अनलाइन

काठमाडौँ , माघ २३  / कोका–कोला मोःमोःउत्सव नेपालमा पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव एक पर्व हो जसले नेपालीहरुको प्रिय पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनको प्रतीत गर्दछ । विगत चार वर्षको सफलताका साथ मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।
कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ ।
यस अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।
यस अभियानका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने , “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने , “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।”
यसबाहेक, मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ । यसका साथै मोःमोःउत्सव पारखीहरुका लागी यस वर्ष कोका–कोला नेपालले थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोका–कोला मोःमोःउत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि तपाईंहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु @cocacolanepal. र फलो गर्नुपर्नेछ ।

तपाइँको प्रतिक्रिया ।