बारामा एसपी कृष्ण पंगेनी

बारामा एसपी कृष्ण पंगेनी
कपन अनलाइन
 काठमाडौं, माघ २२ । चितवन प्रहरी प्रधान कार्यालयले केही जिल्लाका एसपीहरूकाे सरूवा गरेकाे छ । एक महिना देखि खाली रहेकाे चितवन प्रहरी प्रमुखमा एसपी नान्तीराज गुरूङ र वारामा कृष्ण पंगेनीलाई पठाइएको हाे । चितवनमा रहेका एसपी दानबहादुर मल्लले चार्ज बुझाएपछि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको गृहकाे स्राेतले बतायाे ।
प्रहरी हेडक्वाटरले एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा समाल्ने गरि जिम्मेवारीमा पठाएको हाे । पर्सा चाेरी निकासी लगायत विभिन्न चुनाैतीका हिसावले महत्त्वपूर्ण शान्ति सुरक्षा निभाउनु पर्ने स्थानका रूपले हेरिन्छ । पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा गरेकाे छ । बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको छ । पंगेनी काठमाडौ उपत्यकाकाे काठमाडौ प्रहरी परिसर,थानकाेट,अख्तियार जस्ता स्थानमा बसेर कुशल कार्य शैली,अपराध अनुसन्धानमा पाेख्त सिनियर अधिकृत हुन ।
यस  अघि कृष्ण पंगेनीलाई चितवन प्रहरी प्रमुखकाे जिम्मेवारी दिने कुरा चलेकाे थियाे ।
फोटो सौजन्य : रोशन दानी
तपाइँको प्रतिक्रिया ।