काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधी कौस्तुभ एकेडेमीलाइ

काठमाडौं महानगर  प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधी कौस्तुभ एकेडेमीलाइ

कपन अनलाइन

काठमाडौँ, माघ २२। प्याब्सन काठमाडौं महानगर कमिटी द्वारा आयोजित काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित एरिना फुटसलमा संचालन भएको सो प्रतियोगीताको  फाइनल खेल सहित समापन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद  माननीय कृष्ण बहादुर राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, आयोजक कमिटिका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ज्ञान बहादुर श्रेष्ठ, आइ सी एफ सी फाईनान्सका सुदिन कुमार लामा र अर्पना लामा सुलभ पब्लिकेशनका सुलभ थापा  लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल, शिक्षक  प्रतिनिधि,  खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले गरेका थिए भने कार्यक्रम संचालन रबिन्द्र बस्नेतले गरेका थिए।

उक्त कार्यक्रममा विट्स एकेडमीका बिद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गरेका थिए भने आयोजक कमिटिका उपाध्यक्ष एबम कार्यक्रम संयोजक ज्ञान बहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रम  प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले शुभकामना मन्तब्य राख्दै प्याब्सनले गर्दै आएको कार्यक्रमको बारेमा चर्चा गरेका थिए । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननीय कृष्ण बहादुर राइले प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको मा आयोजक तथा बिजयी खेलाडीहरुलाई बधाई दिएका थिए। उनले  बिद्यार्थीले पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि आफुलाई अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरेका थिए।

३ दिनसम्म चलेको सो  प्रतियोगितामा प्याब्सनसँग आवद्द काठमाडौं महानगर कमिटीका कुल  ३२ बिद्यालयका टिमको सहभागिता रहेको थियो ।मंगलबार भएको प्रतियोगिताको फ़ाइनल खेल  कौस्तुभ  एकेडमी र सेन्चेन महाबौद्द स्कुल बीच भएको थियो। उक्त खेलमा कौस्तुभ एकेडेमीले सेनचेन महाबौद्ध स्कुललाइ १६-१ गोल को भारी अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो । त्यसै गरि मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा समताले नेपाल तारा स्कुललाई पेनाल्टीमा १३-१२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समय ४-४ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

विजयी टीमले फाईनलमा पुग्नु अघि मंगलबार नै  भएको सेमीफाइनल खेलमा नेपाल तारा स्कूल लाइ ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यसै गरि दितीय  हुने टीम ले समता शिक्षा निकेतनलाइ ५-२ गोल अन्तरले पराजित गर्दै आफुलाई उपाधिको दाबेदार बनाएको थियो । सेमिफाइनलका म्यान अफ दि म्याच नेपाल तारा का विज्ञान खड़का र समताका सागर पंचकोटि बने । त्यसै गरि फाइनल खेलका म्यान अफ द म्याच कौस्तुभका विवश मगर घोसित भए ।

प्रतियोगितामा च्याम्पियन हुदै कौस्तुभ एकेडमीले प्रथम पुरस्कार स्वरूप  नगद रु २० हजार  सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप बिजेता सेनचेन महाबौद्ध स्कुलले  १०  हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यसै गरि तेस्रो स्थान हासिल गरेको समताले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।त्यसै गरि प्रतियोगतामा  समताका दिपेन्द्र तामाङ सर्वोकृष्ट खेलाडी घोसित भए भने उत्कृष्ट गोलरक्षकमा  कौस्तुभका अमर बहादुर नेवा र सर्वाधिक गोलकर्ता कौस्तुभका लक्ष्मण गुरुङ घोसित भए  । उनीहरुले जनही  २/२ हजार प्राप्त गरे ।

प्रतियोगिताका बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननीय कृष्ण बहादुर  राई, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्याब्सन महानगर कमिटी प्रमुख मुरारी प्रकाश संजेल तथा कार्यक्रम संयोजक ज्ञान बहादुर श्रेष्ठ लगायतले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।कार्यक्रम सफकता पुर्वक सम्पन्न गर्नको लागि सहयोगी भूमिका खल्ने रेफ्री, प्रायोजक संस्थाहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

सभाध्यक्षको आसन बाट बोल्दै प्याब्सन महानगर कमिटी प्रमुख मुरारी प्रकाश संजेलले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

फोटो: सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।